७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

प्रिन्सको वरीयतामा नयाँ उचाइ

काठमाडौं – नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले जुनियर विश्व वरीयतामा नयाँ उचाइ चुमेका छन्।

विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ)ले सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स सातौं स्थानमा उक्लिएका छन्। यसअघि प्रिन्स दशौं स्थानमा रहेका थिए। एकपछि अर्को अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रदर्शन सुधार गरेसँगै प्रिन्सले विश्व वरीयतामा नयाँ उचाइ लिए।  प्रिन्सले विश्व जुनियरमा प्राप्त गरेको यो सर्वाधिक ठूलो वरीयता हो। उनी हालै जर्मनीमा सम्पन्न जर्मन इन्टरनेसनल सिरिजमा प्रिक्वार्टरफाइनलसम्म पुगेका थिए। विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले प्रिन्सले खेलेका ११ वटा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समावेश गरेर वरीयता प्रदान गरेको छ।

यीमध्ये प्रिन्सले दुबई अन्तर्राष्ट्रिय सिरिज २०१९ मा सबैभन्दा सफल नतिजा ल्याउँदा च्याम्पियन भएका थिए। उनी सन् २०२० मै नेपालमा सम्पन्न प्रेसिडेन्ट कपमा भने दोस्रो भएका थिए। त्यसपछि नेदरल्यान्ड र जर्मनीमा सम्पन्न दुई छुट्टछुट्टै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भने प्रिन्स प्रिक्वार्टरफाइनलसम्मको यात्रा तय गर्न सफल भए। यससँगै उनले विश्व वरीयतामा पनि तीन स्थान सुधार गरे। जुनियर विश्व वरीयतामा फ्रान्सका क्रिस्टो पोपोभ शीर्ष, भारतका मेइराभा लुवाङ दोस्रो र मलेसियाका कोक हङ तेस्रो स्थानमा छन्।

प्रकाशित: २९ फाल्गुन २०७६ ०१:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App