४ वैशाख २०८१ मंगलबार
खेल

मोर्ताजाको बिदाइ सुखद

बंगलादेशका कप्तान मासरफ माृतजिको बिदाइ गर्दै सहकर्मी। तस्बिर : एएफपी

सिलेट– ओपनर लिट्टन दास र तमिम इकबालले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरेको दिन शुक्रबार बंगलादेशले जिम्बाब्वेमाथि १ सय २३ रनको सहज जितका साथ कप्तान मासरफ मोर्ताजाको कप्तानी बिदाइ पनि सुखद पारेको छ।

दास र इकबाल शतक पूरा गर्ने पहिलो ओपनिङ जोडीसमेत बने। बंगलादेशले प्रस्तुत गरेको ३ सय २३ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले ३७.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय १८ रन मात्र जोड्न सक्यो। वर्षाका कारण खेल ४३ ओभर मात्र खेलाइएको थियो। जिम्बाब्वेका शिकंदर राजाले सर्वाधिक ६१ रन जोड्दा माधेर्भाेले ४२ जोडे पनि टोलीको हार टार्न सकेनन्। बंगलादेशका सैफुदिनले ४ विकेट लिँदा तैजुल इस्लामले २ तथा मोर्ताजा र मुस्ताफिजुर रहमानले समान १ विकेट लिए। यस जितसँगै बंगलादेशले तीन एकदिवसीय खेलको शृंखला क्लिन स्विप समेत गरेको छ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ४३ ओभरमा मात्र ३ विकेट गुमाउँदै ३ सय २२ रनको योगफल तयार पारेको थियो। यस क्रममा दासले १ सय ७६ र इकबालले अविजित १ सय २८ रनको योगदान गरेका थिए। खेलमा दासले तीन पटक जीवनदान पाएका थिए। उनले १ सय ७ रनमा नो बलका कारण जीवनदान पाएका दासले १ सय २२ र १ सय ४४ रनमा जिम्बाब्वेका खेलाडीले क्याच छोड्दा जीवनदान पाएका थिए। इकबाल र दासले पहिलो विकेटका लागि कीर्तिमानी २ सय ९२ रनको साझेदारी  गरेका थिए। यो बंगलादेशी ब्याट्सम्यानले कुनै पनि विकेटका लागि गरेको सर्वाधिक साझेदारी हो। १ सय ४३ बल खेलेका दासले १६ चौका र ८ छक्का प्रहार गर्दा १ सय ९ बलको सामना गरेका इकबालले ७ चौका र ६ छक्का प्रहार गरे। तमिमले मंगलबार दोस्रो एकदिवसीय खेलमा पनि १ सय ५८  रन जोडेका थिए।

मासरफले जिम्बाब्वेविरुद्धको एकदिवसीय शृंखलापछि कप्तानी छोड्ने बताएका थिए। ‘यो मेरा लागि ठूलो सम्मान हो। टोलीले उत्कृष्ट प्रदर्शन गर्‍यो। टोलीको जितमा सबैको भूमिका उत्तिकै छ। म सबै खेलाडीलाई विशेष धन्यवाद दिन चाहान्छु,’ उनले भने। ‘यो हाम्रा लागि बिर्सनलायक शृंखला रह्यो,’ जिम्बाब्वेका कप्तान सेन विलियम्सले भने, ‘आशा छ टोलीले ट्वान्टी–२० शृंखलामा  सुधारिएको प्रदर्शन गर्नेछ।’ यी दुई टोलीले मार्च ९ र ११ मा दुई ट्वान्टी–२० खेल खेल्नेछन्। बंगलादेशले प्रस्तुत गरेको ३ सय २३ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले ३७.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय १८ रन मात्र जोड्न सक्यो।

प्रकाशित: २५ फाल्गुन २०७६ ०१:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App