७ वैशाख २०८१ शुक्रबार
खेल

‘बी’ डिभिजन विजेतालाई १५ लाख

काठमाडौं – सहिद स्मारक ‘बी’ डिभिजन लिग आजबाट (आइतबार) सुरु हुँदै छ। अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा हुने खेलमा ब्वाइज युनियन र श्री कुमारी क्लबले प्रतिस्पर्धा गर्नेछन्।

१२ टोलीले सहभागिता जनाउने प्रतियोगितामा ६६ खेल हुनेछन्। ‘बी’ डिभिजन लिगको विजेतालाई १५ लाख तथा दोस्रो हुनेलाई १० लाख रुपैयाँ प्रदान गर्ने एन्फाले जनाएको छ। तेस्रो र चौथो हुनेले समान ५ लाख रुपैयाँ पाउनेछन्। यस्तै लिगको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन्। प्रत्येक खेलको विजेता टोलीले २० हजार पाउनेछन् भने खेल बराबरी भएमा ७ हजार ५ सय रुपैयाँ पाउनेछन्। एन्फाले सहभागी क्लबलाई तयारीबापत १० लाख रुपैयाँ प्रदान गर्नेछ। फागुन ११ गतेबाट सुरु हुने लिग चैत २३ गते सकिनेछ। शीर्ष  स्थान ओगट्ने टोली ‘ए’ डिभिजनमा बढुवा हुनेछ।

‘बी’ डिभिजनका लागि सहभागी टोली
ब्वाइज युनियन क्लब, श्री भगवती क्लब, टुसाल क्लब, खुमलटार युथ क्लब, नयाँ बस्ती युवा क्लब, झम्सीखेल युथ क्लब, रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुलचोक स्पोर्ट्स क्लब, बाँसबारी क्लब, श्रीकुमारी क्लब ।

बी डिभिजन लिगमा आजका खेल
ब्वाइज युनियनविरुद्ध श्रीकुमारी क्लब    दिनको १२ः३० बजे
श्री भगवती क्लबविरुद्ध बाँसबारी क्लब    १५ः३० बजे

प्रकाशित: ११ फाल्गुन २०७६ ०१:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App