१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

हिमालयन शेर्पा फाइनलमा

मकवानपुर - च्यासललाई २–१ गोलअन्तरले हराउँदै हिमालयनल शेर्पा क्लब पूर्वी मकवानपुरको बागमती गाउँपालिका ८, फापरबारीमा जारी तेस्रो बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

च्यासलका खेलाडीको डी बक्समा ह्यान्ड भएपछि सातौं मिनेटमा हिमालयनले पाएको पेनाल्टीको अवसरलाई विजय श्रेष्ठले खेर जान दिएनन्। हिमालयनका श्रेष्ठले सुन्दर गोल गर्दै टोलीलाई १–० ले अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा च्यासलका विदेशी खेलाडी कनिज अजेगोके भुजारीले गोल गरेर खेललाई १–१ को बराबरीमा ल्याए।

खेलो ७३औं मिनेटमा सुरज हमालको पासमा श्रेष्ठले अर्काे गोल गर्दै हिमालयनलाई जित दिलाए। खेलमा हिमालयनका लागि दुवै गोल गरेका विजय श्रेष्ठ म्यान अफ दी म्याच  भए। उनले  ५ हजार रुपैंया प्राप्त गरे। शनिबार हुने दोस्रो सेमिफाइनलमा संकटा क्लब काठमाडौंले जावालाखेल युथ क्लब ललितपुरको सामना गर्नेछ। फाइनलमा हिमालयनको भेट संकटा र जावलाखेलमध्येको विजेतासँग हुनेछ। प्रतियोगिताको विजेताले ६ लाख नगद, उपविजेताले ३ लाख, शिल्ड र मेडल तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउनेछन्।

प्रकाशित: १० फाल्गुन २०७६ ०१:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App