२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपाली खेलाडीको कमजोर प्रदर्शन

पोखरा - यु–१८ नेपाली शीर्ष वरीयताका आर्यन गिरी पोखरामा आयोजित आइटिएफ (अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन) यु–१८ सर्किट–२ अन्तर्गतको प्रतिस्पर्धामा मंगलबार भारतीय खेलाडी आर्यन लक्ष्मणसँग सोझो सेटमा पराजित भएका छन्। कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा आयोजित प्रतियोगताको दोस्रो दिन गिरी भारतीय खेलाडी लक्ष्मणसँग ६–०, ६–१ को सेटमा पराजित हुन पुगे।

पुरुष एकलतर्फको अर्को प्रतिस्पर्धामा फ्रान्सका एल फिन्थलाले भारतीय खेलाडी दक्ष प्रसादलाई ६–३, ६–० को सेटमा पराजित गरेका छन्। अकौ नेपाली खेलाडी नेहाल जंगबहादुर थापा जापानका रिहोय मिकाईसँग ६–१, ६–० को सेटमा पराजित हुन पुगे। भारतीय खेलाडी युवान मण्डल मलेसियन खेलाडी एम.के मेननसँग ४–६, ६–२ र ६–१ को सेटमा पराजित भएका छन्। चिनियाँ खेलाडी क्विङ लिहाओ भारतीय खेलाडी एस. सिधानासँग ६–१, ६–३ को सेटमा पराजित भए।

महिलातर्फको प्रतिस्पर्धामा जापानी खेलाडी ओका नागासावाले नेपाली खेलाडी प्रेक्षा श्रेष्ठलाई ६–४, ६–३ को सेटमा पराजित गरेकी छन्। भारतीय खेलाडी राजभी पाञ्चालले  नेपाली खेलाडी श्रेया भट्टराईलाई ६–१, ६–० को सोझो सेटमा पराजित गरिन्। नेपालकी शीर्ष वरीयताकी अभिलाषा विष्टले भारतीय खेलाडी सृष्टि धीरमाथि ६–३, ५–७ र ६–२ को कठिन जित निकाल्न सफल भइन्। नेपाली खेलाडी ए. गुरुङलाई मिले चुगलेलाई ६–०, ७–६ (४) को सेटमा पराजित गरेकी थिइन्। चिनियाँ खेलाडी हुवाई झाङले नेपाली खेलाडी अजा रेग्मीलाई ६–१, ६–० को सेटले पन्छाइन्।

एक खेल जितेसँगै खेलाडीले २ अंक प्राप्त गर्नेछन्। प्रत्येक जितको अंक महत्वपूर्ण हुने भन्दै कास्की जिल्ला टेनिस संघका सल्लाहकार एवं संयोजक सूर्य भुजेलको अंकले नै उनीहरूको वरीयता प्राप्त हुने प्रस्ट्याए। फाइनल जित्ने खेलाडीले ३० अंक प्राप्त गर्नेछन्। दोस्रो हुनेले १८ अंक पाउनेछ। सेमिफाइनल पुग्ने खेलाडीको हकमा भने ९ अंक र क्वार्टरफाइनल प्रवेश गर्ने खेलाडीले ५ अंक पाउँछ। प्रतिस्पर्धामा नेपालका १८ खेलाडीको सहभागिता रहेको छ। महिलातर्फ १३ र पुरुषतर्फ ५ खेलाडीले वरीयताका लागि अंक जोड्ने प्रतिस्पर्धामा छन्। प्रतियोगितामा नेपाल, भारत, जर्मनी, अमेरिका, कोरिया, फ्रान्स, जापान, चीन, मलेसिया, केन्या, सिंगापुर, हङकङलगायतका देशका ८४ जना खेलाडीले सिंगल र डबल्सतर्फ प्रतिस्पर्धामा छन्।

प्रकाशित: २९ माघ २०७६ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App