५ पुस २०८१ शुक्रबार
image/svg+xml
खेल

युनाइटेडसँगको हार पाठ : ग्वार्डिओला

म्यानचेस्टर – प्रशिक्षक पेप ग्वार्डिओलाले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग १–० ले भोगेको पराजयलाई पाठको रूपमा लिग आग्रह गरेका छन्। पराजित भए पनि म्यानचेस्टर सिटी समग्रमा ३–२ को जित निकाल्दै बारबाओ कपको फाइनलमा प्रवेश गरेको छ। दोस्रो लेग गुमाएपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पराजयलाई पाठको रूपमा लिग भनेका हुन्। यस्तै प्रशिक्षक ग्वार्डिओलाले फिनिसिङ पक्षमा सुधार गर्नुपर्ने बताएका हुन्।

म्यानचेस्टर डर्बीको दोस्रो लेगमा सिटी घरेलु मैदानमै १–० ले स्तब्ध भएको हो। यद्यपि समग्रमा ३–२ को जितसहित सिटीले अन्तिम दुईमा स्थान बनाउन सफल भएको हो।  यसअघि भएको पहिलो लेगमा सिटीले युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा ३–१ को सहज जित निकालेको थियो। ग्वार्डिओलाको सिटीले अब वेम्बली रंगशालामा शनिबार उपाधिका लागि एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्नेछ। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा भ्रमणकारी टोली युनाइटेडले ३५औं मिनेटमा नेमान्जा माटिचको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको थियो।

फ्रेडको फिकिकलाई सिटीका रक्षकले राम्रो क्लियर नगरेको बलमा माटिचले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाउन सफल भएका थिए। माटिचले ७६औं मिनेटमा दोस्रो पहेंलो कार्डको सामना गरेपछि भ्रमणकारी युनाइटेड दश खेलाडीमा सीमित भएको थियो। यद्यपि कम खेलाडी भएको फाइदा उठाउन नसक्दा सिटी नतिजा सुम्पिन बाध्य भएको हो। ‘१८० मिनेट हामीले युनाइटेडभन्दा राम्रो प्रदर्शन ग-यौं,’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने,‘खेल अवधिमा हामीले केही राम्रा अवसर निकाल्न सफल भएका थियौं। तर गोल गर्न हामी चुक्यौं।’

बुधबार राति निकालेको जित युनाइटेडले यसै सिजनमा इत्तिहाद रंगशालामा निकालेको दोस्रो जित हो। यसअघि प्रिमियर लिगको खेलमा पनि युनाइटेड २–१ ले विजयी भएको थियो । खेलाडीहरूको प्रदर्शनले म खुसी छु। सिटीलाई उनीहरूकै मैदानमा दुई पटक पराजित गरेका छौं,’ युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले भने, ‘हामीले गोलका अवसर कम सिर्जना गरे पनि उनीहरूलाई दबाबमा राख्न सफल भयौं। खेलाडीको प्रदर्शनमा खुसी छु् ।’ लिग कपमा लगातार तीन पटक फाइनल पुग्ने सिटी तेस्रो टोली बनेको छ। यसअघि लिभरपुल १९८१ देखि १९८४ को बीचमा तथा नटिङ्घम फरेस्ट १९७८ देखि १९८० को बीचमा लगातार तीन पटक फाइनलमा स्थान बनाउन सफल भएको थियो ।

पराजित भए पनि म्यानचेस्टर सिटी समग्रमा ३–२ को जित निकाल्दै बारबाओ कपको फाइनलमा प्रवेश गरेको छ।

प्रकाशित: १७ माघ २०७६ ०१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App