coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

फिलिपिन्सको लिगलाई पनि कतार एयरवेजको साथ

काठमाडौं – नेपालमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको मुख्य प्रायोजक कतार एयरवेजले फिलिपिन्सको फुटबल लिगलाई पनि प्रायोजन गर्ने भएको छ।  

कतारको दोहामा भएको एक कार्यक्रममा कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अक बकेर तथा फिलिपिन्स फुटबल महासंघका महासचिव अधिवक्ता एड्विन बी. गस्तानेजबीच सम्झौता भएको हो।  सम्झौताअनुसार कतार एयरवेज २०२२ सम्म फिलिपिन्स फुटबल लिगको मुख्य प्रायोजक रहनेछ ।  

नेपालमा पनि कतार एयरवेजले सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि यसै सिजन अखिल नेपाल फुटबल संघ (एन्फा) सँगै सम्झौता गरेको छ। कतार एयरवेजको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको लिगमा अहिले नवौं चरणका खेल चलिरहेका छन्।  

नेपालमा जारी ‘ए’ डिभिजन लिग फुटबलका लागि कतार एयरवेजले एन्फासँग एक वर्षको सम्झौता गर्दै एक लाख ५० हजार डलर (१ करोड ७० लाख) रकम प्रायोजन गरेको हो।  एयरवेजले एन्फालाई दुई किस्तामा रकम उपलब्ध गराउने यसअघि नै घोषणा गरेको छ।  कतार एयरवेजले पहिलो किस्तामा ९० हजार र दोस्रो किस्तामा ६० हजार डलर एन्फालाई उपलब्ध गराउने सम्झौता गरेको थियो। 

प्रकाशित: १५ माघ २०७६ ०२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App