६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सोमबारबाट नवौँ चरण

काठमाडौं– राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सोमबारबाट नवौँ चरणका खेल सुरु हुँदै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबले अर्कोे विभागीय टोली एपिएफको सामना गर्दा दिनको दोस्रो खेलमा मच्छिन्द्र क्लबले थ्री स्टार क्लबविरुद्ध
प्रतिस्पर्धा गर्नेछ।

लिगअन्तर्गत नवौं चरणको समाप्तिसम्ममा त्रिभुवन आर्मी क्लब १७ अंकका साथ शीर्ष स्थानमा छ भने समान १६ अंक जोडेका मच्छिन्द्र क्लब र साबिकको विजेता मनाङ मस्र्याङदी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। थ्री स्टार १४ अंकका साथ चौथो स्थानमा छ। समान १२ अंकका साथ न्युरोड टिम (एनआरटी) जावलाखेल युथ क्लब र संकटा क्लब क्रमश पाँचौं, छैटाैँ र साताैँ स्थानमा छन्।

मच्छिन्द्र क्लब थ्री स्टारमाथि जित हात पार्दै शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुनेछ भने चौथो स्थानको थ्री स्टार पनि मच्छिन्द्रविरुद्ध स्पष्ट ३ अंक जोड्दै शीर्ष स्थानको आर्मीसँग अंक बराबरी गर्दै आफू उपाधि होडमा रहेको दाबेदारी थप बलियो पार्न चाहन्छ। यता ११ अंकका साथ आठौं स्थानको पुलिस पनि शीर्ष ४ को दाबेदारीका लागि एपिएफविरुद्ध जित्ने दबाबमा हुनेछ। लिगमा एक मात्र जित हात पारेको एपिएफ ५ अंकका साथ १३औं स्थानमा छ र त्यसैले एपिएफ पनि जित्नै पर्ने दबाबमा हुनेछ।

आजका खेल
नेपाल पुलिसविरुद्ध एपिएफ १२ः०० बजे
मच्छिन्द्र क्लबविरुद्ध थ्री स्टार क्लब ३ः०० बजे
दशरथ रंगशाला

प्रकाशित: १३ माघ २०७६ ०१:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App