coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मनाङ र च्यासलको संघर्षपूर्ण जित

सरस्वती क्लबविरुद्ध बल अगाडि बढाउदै मनाङका विमल राना । तस्विर सौजन्य : एन्फा

काठमाडाैँ - स्ट्राइकर विमल रानाको निर्णायक गोलबाट सरस्वती युथमाथि १–० को संघर्षपूर्ण जितका साथ साबिकको विजेता मनाङ मर्स्याङ्दी क्लबले जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलको ४७औं मिनेटमा विमलले गरेको गोल नै मनाङको जितका लागि पर्याप्त बन्यो। लिगमा एक मात्र अपराजित टोली मनाङ पुनः जितको लयमा फर्किएको छ। मनाङले यसअघि क्रमशः फ्रेन्ड्स, मच्छिन्द्र, हिमालयन शेर्पा र थ्री स्टारसँग गरी लगातार चार खेलमा अंक बाँडेको थियो। जितपछि आठ खेलबाट १६ अंक जोडेको मनाङ तेस्रो स्थानमा उक्लिएको छ।

खेलको ४७औं मिनेटमा विमल रानाले गरेको गोल नै मनाङको जितका लागि पर्याप्त बन्यो।

एक खेल कम खेलको त्रिभुवन आर्मी क्लब र आठ खेल खेलेको मच्छिन्द्र समान १६ अंकका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। थ्री स्टार १४ अंकसहित  चौथोमा र १२ अंकका साथ जावलाखेल युथ क्लब पाँचाैँ स्थानमा छन्। लिगमा अझैसम्म पनि जितको खाता खोल्न नसकेको सरस्वती क्लब रेलिगेसनको संघारमा छ र टोलीसँग एक अंक मात्र छ। ‘सरस्वती रेलिगेसन क्षेत्रको टोली हो। त्यसैले आज सरस्वतीविरुद्धको खेल कठिन हुन्छ भन्ने थाहा थियो,’मनाङका प्रशिक्षक धनेश्वर प्रजापतीले भने, ‘पहिलो हाफमा सोचेअनुरूपको प्रदर्शन गर्न सकेनौं। दोस्रो हाफको सुरुआतमै गोल निस्कदा तीन अंक जोड्न सम्भव भयौं। हामीले सुधार गर्नुपर्ने धेरै ठाउँ छ।

रक्षापंक्ति सन्तुलित देखिए पनि मिडफिल्ड र अट्याकिङमा भने अभैm समस्या छ।’ यता, सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले भने दोस्रो हाफको सुरुआतमै खाएको सिल्ली गोल नै हारको मुख्य कारण भएको बताए। ‘हामीले राम्रो खेल्यौं, विशेष गरी पहिलो हाफमा। दोस्रो हाफको सुरुआतमै खाएको सिल्ली गोल नै अंक गुमाउनुको मुख्य कारण बन्यो,’ प्रशिक्षक नेपालले भने,‘टोलीमा सुरुआती खेलबाटै देखिएको फिनिसिङको समस्या अझै छ। त्यसैले मिडफिल्डमा सुधार भए पनि गोल गर्न सकिरहेका छैनाैँ। अझैसम्म जित हात पार्न नसक्दा रेलिगेसनको संघारमा छौं। त्यसैले हाम्रा लागि बाँकी सबै खेल महत्वपूर्ण छ।’

यता च्यासल युथ क्लबले लिगमा दोस्रो जित हात पार्ने क्रममा ब्रिगेड ब्वाइज क्लब (बिबिसी)लाई १–० ले हरायो। इन्जुरी समयको दोस्रो मिनेटमा कप्तान सन्तोष साहुखलले गरेको गोलले च्यासललाई तीन अंक दिलायो। जितपछि ८ खेलबाट ९ अंक जोडेको च्यासल नवौं स्थानमा उक्लिएको छ भने बिबिसी समान खेलमा ८ अंकका साथ दशौं स्थानमा झरेको छ।

खेलको ४७औं मिनेटमा विमल रानाले गरेको गोल नै मनाङको जितका लागि पर्याप्त बन्यो। लिगमा एक मात्र अपराजित टोली मनाङ पाँचौं खेलमा आएर भने जितको लयमा फर्किएको छ। मनाङले यसअघि क्रमशः फ्रेन्ड्स, मच्छिन्द्र, हिमालयन शेर्पा र थ्री स्टारसँग गरी लगातार चार खेलमा अंक बाँडेको थियो।

आजका खेल
एनआरटीविरुद्ध त्रिभुवन आर्मी क्लब १२ः०० बजे
फ्रेन्ड्स क्लबविरुद्ध संकटा क्लब ३ः०० बजे
दशरथ रंगशाला

प्रकाशित: ११ माघ २०७६ ०१:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App