४ असार २०८१ मंगलबार
image/svg+xml
खेल

प्रिमियर लिग महिला फुटसल आज

काठमाडौं – तेस्रो संस्करणको महिला प्रिमियर लिग फुटसल प्रतियोगिता शनिबारबाट सुरु हुने भएको छ।

शुक्रबार आयोजक वी युनाइटेडले पत्रकार सम्मेलनमार्फत तेस्रो संस्करणको महिला फुटसल लिग शनिबारबाट हुने जनाएको हो। मण्डिखाटारस्थित ग्रासरुट रिक्रेसनल सेन्टर फुटसलमा सुरु हुने प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

६ सातासम्म सञ्चालन हुने प्रतियोगिता हरेक साताको शनिबार मात्र खेल हुनेछ। महिलाहरूलाई खेलमा सक्रियता बढाउने उद्देश्यका साथ सञ्चालन हुँदै आएको प्रतियोगितालाई महिला रेफ्रिले सञ्चालन गर्ने आयोजकले जानकारी दियो।

प्रतियोगितामा एबिसी, ढुकु फुटसल, कुमारी फुटसल, एमयुएफसी नेपाली गल्र्स,बार्सा नेपाल, फुटसल एरिना, लाखुर फुटसल र द माइटी महिलाजले प्रतिस्पर्धा गदैछन्। सहभागी ८ टोलीले एकअर्काविरुद्ध खेल्नेछ। विजेतालाई प्रायोजकले नेपालमा नै उत्पादन भएका सामग्री पुरस्कार स्वरूप प्रदान गर्नेछ।

प्रकाशित: ४ माघ २०७६ ०१:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App