२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

उद्घाटनमा न्यु डायमन्ड र पुलिस भिड्दै

काठमाडौं – पाँचौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियन सिपको उद्घाटन खेलमा होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।

नेपाल भलिबल संघले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार उद्घाटन खेल होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिसबीच हुने भएको हो। खेल दिनको १ः३० बजे हुनेछ। यद्यपि पुरुषतर्फका खेल भने बिहान ९ः३० बजेबाट नै हुनेछन्।  महिलातर्फको स्पर्धामा शुक्रबार एक खेल हुँदा पुरुषतर्फ उद्घाटनपूर्व दुई खेल हुनेछन्। आर्मीले आरजी गु्रपसँग प्रतिस्पर्धा गर्दा अर्को खेल एपिएफ र बुलबुले रारा क्लबबीच खेल हुनेछ। माघ १० गतेसम्म सञ्चालन हुने त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सञ्चालन हुँदै छन्।

प्रतियोगितामा पुरुषतर्फ ११ तथा महिलातर्फ ७ टोलीले प्रतिस्पर्धा गर्दै छन्। बिहीबार सार्वजनिक गरिएको पुरुषतर्फको तालिकामा आयोजक भलिबल संघले सहभागी ११ टोलीलाई चार समूहमा विभाजन गरेको छ। लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने पुरुषतर्फको प्रतिस्पर्धाबाट प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। पुरुषतर्फको तालिकामा समूह ‘ए’ मा विभागीय टोली त्रिभुवन आर्मी क्लबसहित आरजी भलिबल ग्रुप र नयाँ बजार सामाजिक युवा क्लब छन् भने समूह ‘बी’ मा एपिएफ, बुलबुले रारा क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन्।

यस्तै समूह ‘सी’ मा नेपाल पुलिससहित पार्वती भलिबल क्लब र मणिमुकुन्द भलिबल क्लब अटाउँदा समूह ‘डी’ मा हेल्प नेपाल स्पोर्ट्स क्लब र बुद्धटोले युवा भलिबल क्लब मात्र छन्। यस्तै, महिलातर्फको तालिकाअनुसार होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच पहिलो खेल हुनेछ। भलिबल संघले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ। यी दुई समूहबाट लिगका शीर्ष दुई टोली सेमिफाइलनमा प्रवेश गर्नेछन्। बिहीबारै सर्वाजनिक तालिकाअनुसार समूह ‘ए’ मा विभागीय टोली एपिएफ, त्रिभुवन आर्मी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, भरतपुर मेट्रो खेलकुद परिषद् अटाउँदा समूह ‘बी’ मा  होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब र ढोरपाटन स्पोर्ट्स क्लब छन्।

प्रतियोगितामा प्रत्येक टोलीले ३ जनासम्म विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको छ। विजेताले २ लाख, उपविजेताले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै महिला र पुरुषत दुवैतर्फका विधागत उत्कृष्ट खेलाडीले जनही १० हजार प्राप्त गर्दा सर्वाेत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन्। आयोजकले लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षक विधामा पुरस्कारको व्यवस्था गरेको छ। यसअघि आयोजक भलिबल संघले पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा २३ लाख रुपैयाँ खर्च लाग्ने जनाएको थियो।

प्रतियोगितामा प्रत्येक टोलीले ३ जनासम्म विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको छ। विजेताले २ लाख, उपविजेताले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: ३ माघ २०७६ ०१:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App