२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

टेस्टमा दिन घटाउनु हुँदैन : एमएमसी

लन्डन – मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)ले टेस्ट क्रिकेटलाई ५ दिनबाट ४ दिनमा घटनाउनेबारे पछिल्लो समय भइरहेको बहसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अबको केही महिनामै टेस्ट क्रिकेटलाई ४ दिनमा घटाउने तयारी गरिरहँदा एमसिसीले आफू त्यसमा सहमत नभएको बताएको हो। आइसिसीको भनाइपछि खेलाडी, प्रशिक्षक र समर्थक दुई पक्षमा बाँडिएका छन्। आइसिसीले प्ररीक्षणस्वरूप २०१७ मा दक्षिण अफ्रिका र जिम्बाब्वे तथा इङ्ल्यान्ड र आयरल्यान्डबीच ४ दिने टेस्ट क्रिकेटको आयोजना गरेको थियो। तर यो नियम जारी टेस्ट च्याम्पियन सिपमा भने लागू हुनेछैन।

एमसिसीले परम्परागत ५ दिने टेस्ट क्रिकेटको आफ्नै महत्व भएकाले त्यसलाई घटाउन नहुने बताएको हो। ‘टेस्ट क्रिकेट ५ बाट ४ दिनमा घटाउने भन्नेबारे पछिल्लो दिनमा चलिरहेको छलफलमा हाम्रो गम्भीर ध्यानाकर्षण छ। आइसिसीले २०२३ सम्म सञ्चालन हुने टेस्ट च्याम्पियनसिपपछि ५ दिने टेस्ट क्रिकटको सट्टा ४ दिने टेस्ट क्रिकेट सुरु गर्ने बताउँदै आएको छ,’ एमसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘टेस्ट क्रिकेट खेलाइने समयमा कुनै परिवर्तनको आवश्यक छैन र हामी त्यसमा सहमत हुन सक्दैनौं।’

प्रकाशित: १ माघ २०७६ ०१:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App