६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

बुटवल राइनोज २९ रनले विजयी

म्यान अफ द म्याच वेलबासेलाई प्रदेश ५ क्रिकेट एशोसियनका सदस्य विनय ज्ञवालीले पुरस्कृत गर्दै ।

भैरहवा- भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा सोमबार भएको खेलमा बुटवल राइनोज २९ रनले विजयी भएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको बुटवल राइनोजले ३३ ओभरमा १६० रनको  लक्ष्य लुम्बिनी शाक्यानलाई दिएको थियो। डिभिजन (बी) अन्तर्गत भएको खेलमा१६१ रनको लक्ष्य पाएको लुम्बिनी शाक्यानले ३० दशमलव २ ओभरमा सबै विकेट गुमाउदै लक्ष्य भेट्न नसकेपछि बुटवलले जित हासिल गरेको हो। जसका लागि बुटवल राइनोजका पदम केसीले सर्वाधिक ५५ रनको योग्दान गरे। ५६ वलमा ७ वटा चौका समेत लगाएका केसीलाई सुदिप सुवेदीले एलबीडब्लु आउट गरे। त्यस्तै प्रविन सारुले ५१ बलमा ३८ र सुरज सारुले ३४ ओभरमा १२ रन जोड्न सफल भए। बलिङ तर्फ  लुम्बिनी शाक्यानको सुलिप सुवेदीले ८ ओभरमा २९ रन खर्चेर ५ विकेट लिए अब्दुर्रर  रहमान र अरफातले समान एक एक विकेट लिए।

लुम्बिनी शाक्यानको तर्फबाट प्रदिप कुमारले सर्वाधिक ३९ रन, अजमत अलि २५ र धु्रवले १४ रन बनाए पनि जित हासिल गर्न सकेनन्। बलिङ तर्फ बुटप्रदिप वेलवासेले ८ ओभरमा २९ रन खर्चर ५ विकेट, सुभम घमाल र अमर श्रेष्ठले २–२ विकेट हात पार्न सफल भए।

बुटवल राइनोजका प्रदिप वेलवासे सोमबारको खेलमा म्यान अफ द म्याच घोषित भए। वेलवासेले ह्याट्रिकसहित ५ विकेट  र ४ रनको योग्दान दिएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए।
वेलबासेलाई प्रदेश ५ क्रिकेट एशोसियनका सदस्य विनय ज्ञवालीले म्यान अफ द म्याचबाट पुरस्कृत गरे। उनलाई नगद एक हजार रुपैयाँ र मायाको चिनोबाट पुरस्कृत गरिएको थियो।

मंगलबारको खेलको प्रोफेसनल मास्टर्स ११ र बुद्ध स्पोटर्स क्लबबीच बिहान ८ बजेर ३० मिनेटमा सुरु हुने आयोजकले जानकारी दिएका छन्। मंगलबारको खेलमा विजयी हुने टिम डिभिजन ए मा उक्लिने छ।
 

प्रकाशित: २८ पुस २०७६ ११:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App