२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एपिएफ र न्यु डायमन्डबीच नै उपाधि भिडन्त

पुलिसविरूद्ध स्पाईक गर्दै एपिएफकी कविता भट्ट ।

काठमाडौं – विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लब तेस्रो संस्करणको होङग्वान्जी न्यु डायमन्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

नयाँबसपार्कस्थित ढोरपाटन क्लबको खेलमैदानमा शनिबार सम्पन्न सेमिफाइनलमा साबिक विजेता एपिएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई तथा साबिकको उपविजेता न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन्। यससँगै न्यु डायमन्ड र एपिएफले लगातार तेस्रो संस्करण एकअर्काबीच उपाधि भिडन्त पक्का गरेका छन् ।

पहिलो संस्करणमा न्यु डायमन्ड तथा दोस्रो संस्करणमा एपिएफ च्याम्पियन बनेको थियो। दिनको पहिलो सेमिफाइनलमा एपिएफले पुलिसमाथि ३–० को सोझो सेटमा जित निकाल्यो।एपिएफले पुलिसमाथि २५–१४, २५–१८ र २५–१७ को जित निकाल्यो। शनिबारै भएको दोस्रो सेमिफाइनलमा न्यु डायमन्डले आर्मीमाथि जित निकाल्दै फाइनलमा चिर परिचित प्रतिद्वन्द्वी एपिएफसँगको भेट पक्का ग-यो। न्यु डायमन्डले आर्मीलाई २५–१७, २५–१६ र २५–११ ले सहजै पराजित ग-यो। फाइनल आइतबार नै हुनेछ। आइतबारै तेस्रो स्थानको लागि पुलिस र आर्मीबीच बिहान प्रतिस्पर्धा हुनेछ।

होङग्वान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ, दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय, तेस्रो टोलीले १ लाख ५१ हजार १ सय १ रुपैयाँ र चौथोले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैयाँ तथा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।

प्रकाशित: २७ पुस २०७६ ०३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App