५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

पूर्व क्रिकेटर शेन वार्नको 'टाेपी’ १ मिलियन अस्ट्रेलियन डलरमा लिलाम

सिडनी - अस्ट्रेलियाका पूर्व स्पिनर शेन वार्नको ‘टेस्ट कैप’(टोपी) १ मिलियन अस्ट्रेलियन डलरमा लिलाम भएको छ। उनले आफ्नो टोपी १० लाख ७ हजार ५०० अस्ट्रेलियन डर (करिब ७.८५ करोड नेपाली रुपैयाँ) मा लिलाम भएको ट्वीटरमा उल्लेख गरेका छन्।

५० वर्षीय वार्नले ट्वीटरमा लेखेका छन्, ‘जसले यसको लिलामी प्रक्रियामा भाग लिनु भयो धन्यवाद’, उनको कैंपको बोली ६ जनवरीदेखि सुरु भएर १० जनवरी बिहानसम्म चलेको थियो।

यसबाट प्राप्त रकम उनले अस्ट्रेलियाको जंगलमा भएको भीषण आगलागीबाट प्रभावितको मद्दतमा खर्च गर्ने घोषणा गरेका छन्। उनले उक्त रकम सिँधै रेडक्रसलाई दिने घोषणा गरेका छन्। अस्ट्रेलियाको एक तिहाइ भाग आगोबाट प्रभावित छन् भने करिब ३० जनाको मृत्यु भैसकेको छ।

लिलामीका लागि बेबसाइटमा दिएको जानकारीअनुसार वार्नले टेस्ट केरियरमा आफूले खेलेको १४५ खेलमा यही कैंप लगाएका थिए। यो कैंपको सर्वाधिक बोली लगाउने व्यक्तिलाई वार्नको अटोग्राफी भएको एउटा सर्टिफिकेट पनि दिइने छ। एस्तै अमेरिकन टेनिश खेलाडी सेरेना विलियम्सले पनि अस्ट्रेलियाका आगो प्रभावितलाई सहयोग गर्ने घोषणा गरेकी छन्। उनले यो वर्ष आफ्नो पहिलो टूर्नामेन्टमा आफूले खेल्दा प्रयोग गरेको ड्रेस लिलाम गर्ने घोषणा गरेकी छन्।

प्रकाशित: २५ पुस २०७६ १०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App