२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

अस्ट्रेलियाद्वारा शृंखला क्लिन स्विप

सिड्नी, –  स्पिनर नाथन लियोनले पाँच विकेट लिएपछि अस्ट्रेलियाले सोमबार न्युजिल्यान्डविरुद्धको तेस्रो टेस्टमा २ सय ७९ रनको जितका साथ तीन टेस्टको शृंखला ३–० ले क्लिन स्विप गरेको छ।

अस्ट्रेलियाले सोमबार २१७–२ मा दोस्रो इनिङ समाप्तिको घोषणा गरेपछि ४ सय १६ रनको विजयलक्ष्यसहित ब्याटिङका लागि उत्रिएको न्युजिलायन्ड दोस्रो इनिङमा मात्र १ सय ३६ रनमा सीमित भएको थियो। दोस्रो इनिङमा न्युजिल्यान्डका कोलिन डी ग्रान्डहोमले सर्वाधिक ५२ रनको योगदान गरे पनि अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। ३८–५ को कठिन स्थितिमा ब्याटिङका लागि आएका ग्रान्डहोमले छैटांै विकेटका लागि बिजे वाट्लिङसँग ६९ रनको साझेदारी गर्दै टोलीको इनिङ उकास्ने प्रयास गरेका थिए। ६८ बलको सामना गरेका ग्रान्डहोमले ५ चौका र १ छक्का प्रहार गरे। 

सहज जित हात पार्ने क्रममा दोस्रो इनिङमा अस्ट्रेलियाका लियोनले ५० रन खर्चंदै ५ विकेट लिए भने मिचेल स्टार्कले ३ र प्याट कमिङ्सले १ विकेट लिए। अस्ट्रेलियन टेस्ट टोलीका लागि यो हर्षको क्षण हो,’ पहिलो इनिङमा समेत ५ विकेट लिएका लियोनले भने, ‘यो टोलीको सदस्य हुन पाउनु आफैंमा गर्वको विषय हो। आशा छ यो सुखद यात्राले निरन्तरता पाइरहन्छ।’

यसअघि बिनाविकेट क्षति ४० रनबाट पाँचोंै तथा अन्तिम दिनको खेल सुरु गरेको अस्टे«लियाले ओपनर डेविड वार्नरको शतकमा २१७–२ मा दोस्रो इनिङ समाप्तिको घोषणा गरेको थियो। वार्नर र जो बनर्सले पहिलो विकेटका लागि १ सय ७ रनको साझेदारी गरेका थिए। १ सय ५९ बलको सामना गरेका वार्नरले ९ चौकाको मद्दतमा अविजित १ सय ११ रन जोडे। दोस्रो विकेटका लागि वार्नर र मार्नस लाबुसेनले १ सय १० रनको साझेदारी गरेका थिए। लाबुसेनले ७४ बलमा ३ चौकाको मद्दतमा ५९ रनको योगदान गर्दा बर्नसले ७९ बलमै ३ चौका र २ चौकाको मद्दतमा  ४० रनको योगदान गरे।

अस्ट्रेलियाले पहिलो इनिङमा ४ सय ५४ रन जोड्दा न्युजिल्यान्ड भने २ सय ५६ रनमा सीमित भएको थियो। अस्ट्रेलियाले पहिलो इनिङमा १ सय ९८ रनको अग्रता लिएको थियो। ‘पहिलो खेलबाट अस्ट्रेलियाले हामीमाथि सबै पक्षमा जुन दबाब बनाएको थियो, त्यो अन्तिम टेस्टसम्म कायम रह्यो,’ न्युजिल्यान्डका कप्तान केन विलियम्सनले भने।

प्रकाशित: २२ पुस २०७६ ०१:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App