२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एभर्टनलाई युरोपियन फुटबलमा फर्काउँछुः एन्सेलोट्टी

लन्डन – इङ्लिस प्रिमियर लिग क्लब एभर्टनका नवनियुक्त प्रशिक्षक कार्लो एन्सेलाट्टीले आफ्नो आगामी लक्ष्य क्लबलाई युरोपियन फुटबलको प्रतियोगितामा फर्काउने रहेको बताएका छन्। गत शनिबार मात्र एभर्टनले इटालियन प्रशिक्षक एन्सेलोट्टीलाई स्थायी प्रशिक्षकका रूपमा आगामी साढें चार वर्षका लागि नियुक्त गरेको थियो। ६० वर्षे प्रशिक्षक एन्सेलोट्टीले गोडिसन पार्कमा आर्सनलसँगको गोलरहित बराबरी भएको खेल दर्शकदीर्घामा रहेर हेरेका थिए। उनै एन्सेलोट्टीले आफ्नो प्रशिक्षणमा एभर्टनलाई पहिलो जित दिलाउँदा बर्नली बिहीबार १–० ले स्तब्ध भएको थियो। यो नजितासँगै एभर्टन लिगतालिकाको १३औं स्थानमा छ।

एन्सेलोट्टीले इङ्ल्यान्डकै उत्कृष्ट क्लब एभर्टनलाई युरोपियन प्रतियोगितामा फर्काउने आफ्नो लक्ष्य रहेको बताएका थिए। ‘एभर्टनजस्तो ठूलो क्लबसँग जोडिन पाउँदा निकै खुसी छु,’ एन्सेलोटीले भने, ‘मेरो लक्ष्य क्लबलाई धेरैभन्दा धेरै सफलता दिलाउनु नै हुनेछ।’ यसै महिना नै इटालियन प्रशिक्षक नेपोलीबाट बर्खास्तीमा परेका प्रशिक्षक एन्सेलोट्टीले उद्देश्यअनुरूप क्लबको लक्ष्य पनि ठूलो हुनुपर्ने बताएका छन्।

‘गोलले नै क्लबलाई च्याम्पियन्स लिग वा युरोपा लिगमा पु-याउँनेछ। क्लब र समर्थक पनि सोही नतिजा चाहन्छन्,’ तीन पटक युरोपियन च्याम्पियन्स लिग विजेता प्रशिक्षक एन्सेलोट्टीले भने, प्रिमियर लिगका हरेक खेल पनि गोल लक्षित हुनेछ र लिगतालिकामा सुधार गर्ने लक्ष्य छ। त्यसका लागि खेलमा दबाब पु-याउने होइन उद्देश्यअनुरूप काम गर्नुपर्ने हुन्छ।’ उनले सन् २०१० मा चेल्सीलाई लिगसँगै एफए कपको उपाधिसमेत दिलाएका थिए।

उनले युभेन्ट्स, एसी मिलान, पेरिस सेन्ट जर्मेन, रियाल मड्रिड र बायर्न म्युनिखजस्ता युरोपका सफल क्लब समालिसकेका छन्। एभर्टनका अध्यक्ष बिल केनराइटले एन्सेलोट्टीलाई भित्र्याउन सफल भएकोमा क्लबका सेयरहोल्डर फरहाद मोसिरीलाई धन्यवाद दिएका छन्। मार्को सिल्भा बर्खास्तीपछि एभर्टनले अन्तरिम प्रशिक्षक डनक्यान फर्गुसनको नेतृत्वमा खेलिरहेको थियो।

फर्गुसनले चेल्सीविरुद्ध जित दिलाउँदा म्यानचेस्टर युनाइटेड र आर्सनलसँग गोलरहित बराबरीमा खेलेका थिए। यसबीच एभर्टन नयाँ प्रशिक्षकको समेत खोजीमा रहेको थियो। इटालियन क्लब नेपोलीलाई च्याम्पियन्स लिगको नकआउट चरणमा पु¥याए पनि एन्सेलोट्टी दुई साताअघि बर्खास्तीमा परेका थिए। त्यसपछि एभर्टनले एन्सेलोट्टीलाई नै प्राथमिकतामा राखेको थियो।

प्रकाशित: १३ पुस २०७६ ०३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App