३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

मोसफलको फुटबल तालिका सार्वजनिक

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ। एन्फाले फागुन १ देखि वैशाख ६ गतेसम्म मोफसलमा आयोजना हुने  विभिन्न प्रतियोगितालाई समेट्दै खेलतालिका सार्वजनिक गरेको हो। एन्फाले सार्वजनिक गरेको तालिकाअनुसार धेरै प्रतियोगिताको मिति भने जुधेको छ। जसअनुसार मनकामना गोल्ड कप (पोखरा), सताक्षी गोल्डकप (झापा) र बागमती गोल्ड कप (मकवानपुर)  फागुन १ देखि १० गतेसम्म आयोजना हुनेछ।

त्यस्तै  फागुन ५ देखि १५ सम्म चितवनमा राइनो गोल्ड कप आयोजना हुनेछ भने  तिलोत्तमा गोल्ड कप (बुटवल) र बुढासुब्बा गोल्ड कप ( धरान)  फागुन ८ देखि १७ गतेसम्म हुनेछ। यता फागुन ११ देखि २२ गतेसम्म सुदूरपश्चिममा खप्तड गोल्ड कप आयोजना हुनेछ। फागुन २२ देखि चैत १ गतेसम्म तीन प्रतियोगिता आहा रारा गोल्ड कप (पोखरा), राजर्षि जनक गोल्ड कप (सर्लाही) र विशाल मेमोरियल गोल्ड कप (वीरगन्ज)  आयोजना हुनेछ।

फागुन २४ देखि चैत ३ सम्म नेपालगन्ज गोल्ड कप ( नेपालगञ्ज) र भरतपुर गोल्ड कप ( चितवन) मा आयोजना गरिनेछ। त्यस्तै फागुन २९ देखि चैत ८ सम्म मकवानपुर गोल्ड कप ( मकवानपुर), दुहबी गोल्ड कप (सुनसरी) र तेस्रो सुदूरपश्चिम गौरी गंगा गोल्ड कप( धनगढी) मा आयोजना गरिनेछ भने  चैत ६ देखि १५ सम्म सिमरा गोल्डकप र मदन भण्डारी गोल्डकप (सुनसरी) मा आयोजना हुनेछ।

चैत १३ देखि २२ सम्म सिन्धु गोल्डकप ( सिन्धुपाल्चोक), काभ्रे गोल्ड कप र भरत गोल्ड कप (सुनसरी)  आयोजना  हुनेछ। यस्तै  चैत २० देखि २९ सम्म काठमाडौमा एन्फा नकआउट टुर्नामेन्ट र चैत्र २७ देखि वैशाख ६ गतेसम्म मेचीनगर गनेल्ड कप ( झापा)  हुने एन्फाले जनाएको छ।

प्रकाशित: ९ पुस २०७६ ०३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App