६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

आर्यन र ईशाश्री च्याम्पियन

काठमाडौं – आर्यन गिरि र ईशाश्री शाह १७औं जयकर स्मृति राष्ट्रिय टेनिस प्रतियोगिताको यु–१४ तर्फ च्याम्पियन भएका छन्।

सातदोबाटोस्थित नेपाल लन टेनिस संघको प्रशिक्षण केन्द्रमा आइतबार सम्पन्न यु–१४ ब्वाइजतर्पmको फाइनलमा अकी जुवेन रावतलाई ६–४, ६–३ ले पराजित गर्दै आर्यन च्याम्पियन भएका हुन्। सोही उमेरसमूहको फाइनलमा शुभाङ्गीलक्ष्मी शाहलाई ६–४, ६–३ ले नै पराजित गर्दै ईशाश्री च्याम्पियन भइन्। दुवैतर्पm विजेताले नगद २५ हजार र उपविजेताले नगद १२ हजार ५ सय प्राप्त गरे।

प्रतियोगिताको योङ्गेस्ट पुरुष खेलाडीमा सुजन कुँइकेल र महिलातर्फ जु युचेन रहे। उनीहरूले गिफ्ट ह्याम्पर प्राप्त गरे। यु–१२ तर्फ ब्वाइजतर्फ आयुष्मान्हजुर घलेले फाइनलमा श्लोककेजर श्रेष्ठलाई ६–२, ६–१ को सेटमा पराजित गर्दै जित हात पारे। आयुष्मानले नगद २० हजार प्राप्त गर्दा श्लोकले नगद १० हजार रुपैयाँमा चित्त बुझाए।

जयकर स्मृति एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको ब्वाइज यु–९ तर्फ स्पर्श तिमिल्सिनाले बाजी मारे। उनले फाइनलमा प्रणव घिमिरेलाई ४–२, ४–० को सेटमा पराजित गरेका थिए। सोही उमेरसमूहको गल्र्सतर्पm शिभाली गुरुङले बाजी मारिन्। उनले कर्मिष्ठा नुघालाई ८–६, ५–३ ले पराजित गरिन्। शिभालीले नगद १० हजार र कमिष्ठाले ५ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरे।

यु–८ तर्फको फाइनलमा प्रणव घिमिरेले संजोग ब्लोनलाई १०–३, १०–६ ले तथा शिभाली गुरुङले आयुशा जिसीलाई १०–६, १०–२ ले पराजित गर्दै उपाधि जिते। दुवैतर्फका विजेताले ५ हजार र उपविजेताले नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे। विजेतालाई उदीयमान खेलाडी प्रेरणा कोइराला, एनी माथेमा, एसपी अशोक सिंह, प्रशिक्षक कृष्ण घलेलगायतले पुरस्कार वितरण गरेका थिए।

प्रकाशित: ७ पुस २०७६ ०४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App