३ माघ २०८१ बिहीबार
image/svg+xml
खेल

एपिएफ र हिमालयनको बराबरी

एपिएफका युवराज खड्का(सेतो) हिमालयन शेर्पाका खेलाडीसँग बल खोस्ने प्रयास गर्दै। तस्बिर सौजन्यः एन्फा

काठमाडौं – विभागीय टोली एपिएफ र हिमालयन शेर्पा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार १–१ को बराबरी खेलेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा १/१ गोल गर्दै अंक बाँडेका हुन्। मध्यम खेल प्रदर्शन गरेको टोलीले पहिलो हाफमा भन्दा दोस्रो हाफमा केही सुधारिएको खेल प्रस्तुत गरेका थिए । लिगको पहिलो खेलमा साबिक च्याम्पियन मनाङसँग २–० ले पराजित भएको एपिएफले पहिलो हाफमा पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन। यस्तै पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिससँग गोलरहित बराबरी खेलेको हिमालयन सुरुआतबाट नै आक्रामक देखिए पनि  सफल हुन सकेन।

खेलको ४७औं मिनेटमा हिमालयन शेर्पाले सुरुआती अग्रता लिएको थियो। विश्वास श्रेष्ठले प्रहार गरेको कर्नर बलमा हिमालयनका त्रिदेभ गुरुङले हेडरमार्फत जाली चुमाउँदा अग्रता लिन सफल भएको थियो। पहिलो हाफमा भन्दा सुधारिएको खेल देखाएको हिमालयनविरुद्ध पछि परेको एपिएफले ५८औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्यायो। एपिएफका आशिष लामाको क्रसमा प्रवीनकुमार स्याङतानले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

गोल नभए पनि पहिलो हाफमा दुवै टोलीले गोलका लागि प्रयास गरे पनि फिनिसिङ गर्न चुकेका थिए। आठौं मिनेटमा एपिएफका रामकुमार कुमालले प्रहार गरेको कडा सट हिमालयनका अमृतकुमार चौधरीले मुस्किलले  बचाउँदा  एपिएफको अग्रता लिने अवसर खेर गएको थियो। त्यसपछि १४औं मिनेटमा हिमालयन शेर्पाले गोल गर्ने सुन्दर मौका पेनाल्टी क्षेत्रमा गुमायो। अनमार्क रहेका हिमालयनका विदेशी खेलाडी स्टेफन समिरले पेनाल्टी अवसर गुमाए। तुलनात्मक हिसाबमा एपिएफले भन्दा हिमालयनले गोलका लागि प्रयास गरिरहेको थियो। ३७औं मिनेटमा त्रिदेभ गुरुङले बायाँ क्षेत्रबाट दिएको क्रसमा अनमार्क रहेका विसन गुरुङले खाली पोस्टमा गोल गर्न सकेनन्। पछि परेसँगै आक्रामक देखिएको एपिएफले ५५औं मिनेटमा बराबरीका लागि प्रयास ग¥यो। आशिष तामाङले पेनाल्टी क्षेत्रमा गरेको हेडर प्रयास विफल बनेको थियो। लगत्तै काउन्टर गरेको हिमालयन शेर्पा पुनः फिनिसिङमा चुक्यो। खेलको अन्तिम मिनेटमा विश्वास श्रेष्ठले करिब २० यार्ड टाढाबाट हानेको कडा प्रहार किपरले पन्च गर्दै रिबाउन्ड गरे पनि हिमालयनका अन्य खेलाडीले उक्त अवसरलाई सदुपयोग गर्न सकेनन्।
पहिलो खेलमा मनाङसँग पराजित भएको एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले आपसी तालमेलको अभावले गोल खान पुगेको बताए।

आइतबारको खेलसँगै एपिएफले लिगतालिकामा एक अंकको खाता खोलेको छ भने हिमालयनले लगातार दोस्रो खेलमा बराबरी खेल्दै तालिकामा २ अंक बनाएको छ।

‘पहिलो खेलमा भन्दा हामीले दोस्रो खेलमा राम्रो खेल्यौं। तुलना गर्दा पहिलो खेलभन्दा दोस्रो खेल राम्रो भयो,’ एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले भने, ‘खेलाडीको तालमेलको अभावमा गोल खान पुग्यौं। पछि सच्याउँदै खेल खेल्यौ र गोल फर्काउन सफल भयौं।’

‘विदेशी खेलाडी विपक्षी टिममा भएपछि खेलाडीले खुलेर खेल्दैनन्,’ प्रशिक्षक राजेन्द्र तामाङले थपे, ‘खेलाडीमा अझै तालमेलको अभाव छ। सुधार गर्दै अगाडि बढ्ने हो। हिमालयन हामी समानको टोली। आजको खेल ठीकै हो।’

विभागीय टोली पुलिससँग खेल्दै लिगको सुरुआत गरेको हिमालयन शेर्पाका प्रशिक्षक सञ्जीव बुढाथोकीले तीन अंकका लागि खेले पनि आफ्नो रणनीति असफल भएको प्रतिक्रिया जनाए।

‘स्पष्ट अंकका साथ मैदान उत्रिएका थियौं। पहिलो खेलमा भन्दा दोस्रो खेलमा राम्रो खेले पनि  पहिलो हाफ तालमेलमा नै बित्यो,’ हिमालयन शेर्पाका प्रशिक्षक  बुढाथोकीले भने, ‘निकै मिहिनेतका साथ खेलेका हौं। फिनिसिङमा चुक्यौं। यद्यपि खेलाडीको प्रदर्शनमा सन्तुष्ट नै छु।’

दुई विदेशी खेलाडीलाई मैदान उतार्दै विभागीय टोलीको सामना गरे पनि विदेशी खेलाडीको खेलमा सन्तुष्ट नरहेको हिमालयनका प्रशिक्षक  बुढाथोकीले बताए।

आइतबारको खेलसँगै एपिएफले लिगतालिकामा एक अंकको खाता खोलेको छ भने हिमालयनले लगातार दोस्रो खेलमा बराबरी खेल्दै तालिकामा २ अंक बनाएको छ।

लिगमा सोमबार दुई खेल हुनेछन्। दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्। पहिलो खेलमा साबिक विजेता मनाङ मस्र्याङ्दीले विभागीय टोली त्रिभुवन आर्मीको सामना गर्दा दोस्रो खेल थ्री स्टार क्लब र अर्को विभागीय टोली नेपाल पुलिस क्लबबीच हुनेछ।

प्रकाशित: ७ पुस २०७६ ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App