९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

महिला ह्याण्डबलमा नेपाल फाइनल प्रवेश, स्वर्णको लागि भारतसँग खेल्ने

पोखरा– नेपाली महिला ह्याण्डबल टोली फाईनल प्रवेश गरेको छ।

पाकिस्तानलाई १ गोल अन्तरले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो। १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को सेमिफाईनल पाकिस्तानसँग २२–२१ गोल अन्तरले विजयी हुँदै नेपाल फाइनल पुगेको हो। 

पहिलो हाफमा ८–११ ले पछि परेको अवस्थामा नेपालले दोस्रो हाफमा भने कमव्याक गर्दै जित आत्मसात गरेको हो। नेपालले अब स्वर्ण पदकको लागि भारतसँग प्रतिस्पर्धा गर्ने छ।

प्रकाशित: २१ मंसिर २०७६ ०७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App