ललितपर– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालका शयद हम्जा शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
उनले शून्य दशमलव शुन्य पाँच सेकेन्ड सुधार गर्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन्।
शाहले शनिबार भएको ५० मिटर ब्रेष्ट स्ट्रोकको हिट चरणमा ३१.५५ सेकेण्डको समय लगाए। यस अघि सुभम श्रेष्ठको नाममा राष्ट्रिय कीर्तिमान रहेको थियो।
सुभमले आठौं राष्ट्रिय खेलकुदमा ३१.६० सेकेण्डको कीर्तिमान कायम गरेका थिए।
प्रकाशित: २१ मंसिर २०७६ ०५:३२ शनिबार