पोखरा– १३ औं दक्षिण एसियाली खेलकूद (साग)को महिला टी २० क्रिकेटमा नेपाल पराजित भएको छ। दोस्रो खेलमा नेपाल टेस्ट मान्याताप्रप्त देश बंगलादेशसंग १० विकेटले पराजित भएको हो।
पहिलो व्याटिङ गरेको नेपाल बंगलादेशविरुद्ध ५० रनमै समेटिएको थियो। १९.२ ओभर ब्याटिङ गर्दा नेपालले १० विकेट गुमाएको थियो। बंगलादेशको बलियो बलिङ र चुस्त फिल्डिङ सामु नेपाली महिला निरीह देखिए।
५१ रनको लक्ष्य सहित ब्याटिङमा आएको बंगलादेशले ७.४ ओभरमा लक्ष्य भेटट्यायो। बंगलादेशले विना विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो।
लिग राउण्ड रोविनका आधार हुने प्रतियोतिको पहिलो खेलमा नेपाल माल्दिभ्ससंग सोमबार १० विकेटले नै विजयी भएको थियो।
प्रकाशित: १८ मंसिर २०७६ ०५:४२ बुधबार