६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

भारत र पाकिस्तानबीच उपाधि भिडन्त

फाइल तस्बिर

काठमाडौं – चिर  प्रतिद्वन्द्वी भारत र पाकिस्तान १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको उपाधिका लागि भिड्ने भएका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आइतबार सम्पन्न सेमिफाइनलमा आफ्ना प्रतिद्वन्द्वीलाई स्तब्ध बनाउँदै पाकिस्तान र भारत पुरुष भलिबलको उपाधिका लागि भिड्ने भएका हुन्। आइतबारको पहिलो सेमिफाइनलमा श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा प्रवेश गरेको थियो। भारतले निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २७–२५ ले आफ्नो बनाउँदै श्रीलंकाविरुद्ध दबाब बनाएको थियो।

भारत दोस्रो सेट भने २५–१९ ले आफ्नो बनाउँदा सहज जिततर्पm अग्रसर रह्यो। यद्यपि, श्रीलंकाले सहज हार मानेन र तेस्रो सेटमार्पmत २५–२१ ले पुनरागमन ग¥यो। तर भारतले चौथो सेट २५–२१ को प्रतिस्पर्धात्मक स्थितिमा आफ्नो बनाउँदै उपाधि भिडन्त पक्का गरेको थियो। अर्को सेमिफाइनलमा बलियो टोली पाकिस्तानले बंगलादेशविरुद्ध ३–० को सोझो सेटमा सफलता निकाल्न सफल भयो। 

पाकिस्तानले बंगलादेशविरुद्ध २५–१५, २५–२१ र २६–२४ को सोझो सेटमा जित निकाल्दै कट्टर प्रतिद्वन्द्वी भारतसँगको भेट पक्का गरेको छ। भारत र पाकिस्तानबीचको उपाधि भिडन्त मंगलबार हुनेछ। सेमिफाइनलमा पराजित श्रीलंका र बंगलादेशले तेस्रो स्थानका लागि सोमबार एकअर्काबीच चुनौती प्रस्तुत गर्नेछन्।


महिला भलिबलतर्फ भने नेपालले शनिबार इतिहास कायम गर्दा पहिलो पटक सागको फाइनलमा पुगेको थियो। नेपालले पनि मंगलबार नै उपाधि भिडन्तका लागि भारतविरुद्ध चुनौती प्रस्तुत गर्नेछ। महिलातर्फ पनि सोमबार श्रीलंका र माल्दिभ्सबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।

खोखो ः नेपालको दोहोरो जित
सागअन्तर्गत खोखोमा नेपालले आइतबार दोहोरो जित हात पारेको छ। खोखो खेलको पहिलो दिन आइतबार नेपालको पुरुष÷महिला दुवै टोलीले विजयी सुरुआत गरे। कीर्तिपुरस्थित नयाँ बजार भएको पुरुषको प्रतिस्पर्धामा नेपालले बंगलादेशलाई २१–१९ ले पराजित ग-यो। महिलामा नेपालले बंगलादेशलाई नै ११–९ ले हरायो। भारतले पनि दोहोरो जितका साथ यात्रा प्रारम्भ गरेको छ। पुरुष/महिला दुवैमा भारतले श्रीलंकालाई पन्छायो।

पुरुषमा भारत २१–८ तथा महिलामा ३२–४ ले विजयी भयो। पुरुष÷महिला दुवैमा समान ४ राष्ट्र सहभागी छन्। चारै टिमले राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन्। राउन्ड रोबिनमा शीर्ष एक र तीन तथा शीर्ष दुई र चारमा रहने राष्ट्रले सेमिफाइनमा पुनः प्रतिस्पर्धा गर्नेछन्। फाइनल बुधबार हुनेछ।

प्रकाशित: १६ मंसिर २०७६ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App