३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

नयाँ फुटबल तालिकाप्रति असन्तुष्टि

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको नयाँ खेलतालिकाप्रति श्रीलंका र माल्दिभ्सले असन्तुष्टि जनाएका छन्। लागातार खेल्ने तालिका बनाएको भन्दै श्रीलंका र माल्दिभ्सले असन्तुष्टि जनाएका हुन्।

पाकिस्तानले सहभागिता नजनाउने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले ६ टोलीलाई दुई समूहमा विभाजन गरी नयाँ तालिका सार्वजनिक गरेको थियो। अन्तिम समयमा आएर भारतले पनि सहभागिता नजनाउने भएपछि राउन्ड रोबिन लिगका आधारमा खेल खेलाउने भन्दै एन्फाले नयाँ तालिका सार्वजनिक गरेसँगै श्रीलंका र माल्दिभ्सले असन्तुष्टि जनाएका हुन्।

खेल हुनुपूर्व आयोजना गरिएको पत्रकार सम्मेलनमा उनीहरूले मर्का पर्ने गरी तालिका बनाएकोमा असन्तुष्टि जनाएका हुन्। माल्दिभ्सका प्रशिक्षक सेगर्टले दैनिक खेल भएकाले गाह्रो हुने बताएका हुन्। सेगर्टले सोमबारको खेल खेल्ने नखेल्नेबारे आइतबार राति खेलाडी र फुटबल संघसँग छलफल गरेर निर्णय गर्ने बताए।

‘पहिले जारी गरेको खेलतालिकामा खेल्न तयार छाैं,’ माल्दिभ्सका प्रशिक्षक सेगर्टले भने, ‘नयाँ खेल तालिकाअनुसार नखेल्न पनि सक्छौं। हाम्रो फेडेरेसनसँग सल्लाह गरेर निधो गर्छु।’श्रीलंकन प्रशिक्षक पाकेर अलीले नयाँ खेलतालिकामा असन्तुष्टि जनाउँदै टोलीको लक्ष्यमा ठेस लागेको बताए।

‘२० खेलाडी मात्र छन्। खेल दौरानमा खेलाडीमा चोटको समस्या देखिए यो तालिकाबाट हामीलाई घाटा हुन्छ।’ बंगलादेशका प्रशिक्षक जेमी डे र भुटानका प्रशिक्षक पेम्बा दोर्जीले पनि नयाँ तालिकाले कठिन भएको बताए। नयाँ तालिका भए पनि बंगलादेश र भुटानका प्रशिक्षकले साग फुटबलका लागि तयार भएको प्रतिक्रिया दिए।नयाँ तालिकाअनुसार सोमबार पहिलो खेल बंगलादेश र भुटान तथा दोस्रो खेल माल्दिभ्स र श्रीलंकाबीच हुँदै छन्।

प्रकाशित: १६ मंसिर २०७६ ०३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App