६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

भलिबलमा नेपाली महिला टिमलाई ऐतिहासिक उपाधि

फाइल तस्वीर

काठमाडौं– नेपाली महिला भलिबल टिमले एसियन भलिबल कन्फेडेरेसन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि चुमेको छ। प्राप्त उपाधी राष्ट्रिय महिला भलिबल टिमले जितेको पहिलो अन्तराष्ट्रिय उपाधि हो। 

बंगलादेशको राजधानी ढाकामा बिहीबार भएको अन्तिम खेलमा माल्दिभ्सलाई पराजित गर्दै नेपाल च्याम्पियन बन्यो।
खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्यो। माल्दिभ्सले खेलमा कुनै दबाब सृजना गर्न सकेन।

पहिलो सेट नेपालले २५–१३ ले जितेको थियो। त्यस्तै दोस्रो र तेस्रो सेट क्रमशः २५–१२ र २५–८ ले नेपालले आफ्नो पोल्टामा पारेको थियो।  खेलमा नेपालकी प्रतिभा माली उत्कृष्ट स्पाइकर चुनिएकी छिन्।

राउन्ड रोविनको आधारमा खेलाइएको खेलमा नेपाल कुनै पनि खेल नगुमाई अंकको आधारमा शीर्ष स्थानमा रहको थियो। प्रतियोतिामा नेपाल सहित माल्दिभ्स,अफगानिस्तान, कीर्गिस्तान र बंगलादेश गरि पाँच देश संङ्घलन थिए।

सबै देशलाई नेपालले पराजित गरेको थियो। यस अघि नेपाली महिला टिमले कुनै पनि अन्तर्राष्ट्रिय उपाधि हात पार्न सकेको थिएन। 

प्रकाशित: २८ कार्तिक २०७६ ११:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App