१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

मास्क लगाएर प्रशिक्षण

नयाँ दिल्ली – ट्वान्टी–२० क्रिकेट शृंखलाका लागि भारत भ्रमणमा रहेका बंगलादेश क्रिकेट टोलीले पहिलो खेल अगाडि नयाँ दिल्लीमा शनिबार मास्क लगाएर प्रशिक्षण गरेका छन् । आइतबारको पहिलो खेलको तयारी गरिरहेको बंगलादेशी टोलीले नयाँदिल्लीमा अत्याधिक प्रदुषणका कारण मास्क लगाएर प्रशिक्षण गुर्नपरेको हो ।

शनिबारको प्रशिक्षणका क्रममा खेलाडी लिटन दास, सफिउल इस्लाम, अमिनुल इस्लाम र बलिङ प्रशिक्षक डेनियल भिट्टोरीले मास्क लगाएका थिए । यद्यपि, बंगलादेश क्रिकेट टोलीका कप्तान मेहम्मदुल्लाह रियादले हालसम्म कुनै पनि खेलाडीमाथि दुर्गन्धको असर नपरेको बताएका छन् । बंगलादेशका टोली तीन खेलको ट्वान्टी–२० र दुई खेलको टेस्ट शृंखलाका लागि अहिले भारत भ्रमणमा छन् । उनीहरूले एक खेल मात्र नयाँ दिल्लीमा खेल्दैछन् ।

तर, दुर्गन्ध अत्याधिक भएकाले खेलाडीहरू मास्क लगाएर प्रशिक्षण गर्न बाध्य छन् । पछिल्ला वर्ष भारतको राजधानी दिल्लीमा प्रदुषण अत्याधिक बढिरहेको छ । जसको असर मैदानसम्म पनि पुगेको छ । शुक्रबार भारतका अधिकारीहरूले पनि प्रदुषण बढ्न सक्ने बताएका थिए । ती अधिकारीका अनुसार केही दिनमै आपतकालीन समय पनि घोषणा हुनसक्नेछ । 

सोही दुर्गन्धका कारण केही विद्यालय पनि बन्द भएका छन् । बंगलादेश क्रिकेट टोलीका कप्तान मेहमुदुल्लाहले यी समस्या बारेमा छलफल भइसकेको बताएका छन् । ‘हामीले यी समस्याका बारेमा छलफल गरिसकेका छौं । समस्या समाधान हुने सम्भव छैन,’बंगलादेशका कप्तान मेहमुदुल्लाहले भने,‘त्यसैले हामीले आफ्नो खेल र जितका लागि ध्यान दिनुपर्छ । अहिलेसम्म हाम्रा सबै खेलाडीको स्वास्थ्य स्थिति ठिकै छ ।’ 

बंगलादेशका प्रशिक्षक रसेल डोमिङ्गोले भने ती समस्याका कारण आफ्ना खेलाडी हतास भएको दाबी गर्दै केही खेलाडीको आँखा र घाँटीमा समस्या देखिएको उल्लेख गरेका छन् । अलराउन्डर सकिब अल हसन भ्रष्टचारका कारण दुई वर्ष प्रतिबन्ध भएपछि उनीबिना बंगलादेशी टोली भारत भ्रमणका लागि आएका थियो । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी)ले प्रतिबन्ध लगाएपछि सकिब आगामी वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकप क्रिकेटसम्मका लागि टोलीबाट बाहिर रहनेछन् । ट्वान्टी–२० को कप्तानको जिम्मेवारी पाएका मेहमुदुल्लाहले सकिबबिना पनि आफ्नो टोलीले भारतविरुद्धको शृंखलामा अ्रगता लिने विश्वास देखाएका छन् । 

यता, अन्तरिम कप्तानीको जिम्मेवारी पाएका भारतका कप्तान रोहित शर्माले भने दुर्गन्धको बारेमा आफूहरूले ध्यान नदिएको र ट्वान्टी–२० विश्वकपको तयारीमा रहेको बताएका छन् । टेस्टको विश्व च्याम्पियनसिपको तालिकामा शीर्ष स्थानमा रहेको भारत ट्वान्टी–२० को वरीयतामा पाँचौं स्थानमा छ । 

पछिल्ला वर्ष भारतको राजधानी दिल्लीमा प्रदुषण अत्याधिक बढिरहेको छ । जसको असर मैदानमा रहेका खेलाडीसम्म पनि पुगेको छ । शुक्रबार भारतका अधिकारीहरूले पनि प्रदुषण अभैm बढ्न सक्ने बताएका थिए । एएफपी

प्रकाशित: १७ कार्तिक २०७६ ०५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App