२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

यु–१९ फुटबल टोलीको घोषणा

काठमाडौं – एएफसी यु–१९ छनोट खेल खेल्ने २३ सदस्यीय नेपाली युवा टोलीको नाम शनिबार सार्वजनिक गरिएको छ। इरानमा हुने समूह चरणको खेलका लागि प्रशिक्षक मेगघराज केसीले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन्।

समूह ‘डी’ मा रहेको नेपालको समूहमा आयोजक इरानसहित युनाइटेड अरब इमिरेट्स (युएई) र किर्गिस्तान रहेका छन्। छनोट खेलमा नेपालले पहिलो खेल युएईसँग खेल्दै सुरुआत गर्नेछ। कात्तिक २० गते हुने पहिलो खेलपछि नेपालले दोस्रो खेल कात्तिक २२ मा आयोजक इरानसँग खेल्नेछ।

यस्तै समूह चरणको अन्तिम खेलमा नेपालले किर्गिस्तानसँग कात्तिक २४ मा खेल्नेछ। एसियाली फुटबल महासंघ (एएफसी)ले एसियाका ४६ राष्ट्रलाई विभिन्न ११ समूहमा विभाजन गरी छनोट खेल खेलाउन लागेको हो।

प्रतियोगिताका लागि प्रत्येक समूहका समूह विजेतासहित उत्कृष्ट ४ उपविजेताले अघिल्लो चरणमा स्थान बनाउनेछन्। समूह ‘सी’ बाट ताजकिस्तान समूह विजेता बन्दै छनोट भएको छ भने लेबनान ४ अंकका साथ समूहतालिकाको दोस्रो स्थानमा छ।

दोस्रो स्थानको लेबनानले भन्दा अन्य समूहबाट सहभागी अन्य ४ टोलीले बढी अंक बटुलेको खण्डमा लेबनानले आयोजक उज्बेकिस्तानको खेलमा भर पर्नुपर्नेछ। 

प्रकाशित: १७ कार्तिक २०७६ ०३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App