२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

इंग्ल्याण्डको क्रिकेट टोली नेपालमा

काठमाडौं– इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) को टोली शनिबार नेपाल आईपुगेको छ। विश्वकै सबैभन्दा पूरानो क्रिकेट क्लव एमसीसीको टीम नेपाली राष्ट्रिय टिमसँग टी–टवान्टी, एक दीवसीय र फस्ट क्लास क्रिकेट खेल खेल्नका लागि नेपाल आएको हो।

एक साता नेपालमा रहने सो टिमले पोखरामा स्थानीय क्लवसँग पनि दुई खेल खेल्ने नेपाल क्रिकेट संघले जनाएको छ। नेपाली क्रिकेट विकासका लागि तयार गरेको लिगेसी टुर अन्तरगत एमसीसीले गत वर्ष साउनमा लिगेसी टुरको घोषणा गरेको थियो।

यस अघि एमसीसीले सन् २०१५ मा पनि नेपाल भ्रमण गरेको थियो। यता, नेपालले पनि एमसीसीको भ्रमण गरिसकेको छ।

प्रकाशित: १६ कार्तिक २०७६ ०९:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App