२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

एन्फालाई ३५ हजार डलर जरिवाना

काठमाडौं- अखिल नेपाल फटुबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी) ले ३५ हजार अमेरिकी डलर जरिवाना गरेको छ।

एएफसी कप २०१९ मा भाग लिन क्लबहरुलाई मापदण्ड नपुर्‍याई लाइसेन्स दिएको भन्दै एएफसीले उक्त जरिवाना गरेको हो।

एएफसीले ९ वटा क्लवलाई एएफसी क्लवको लाइसेन्स दिएको थियो। ति क्लवले मापदण्ड पुरा नगरेको पाइएपछि कारबाही गरेको जनाएको छ।

क्लबको लाइसेन्स पाउन आफ्नै मैदान, एकेडेमी, उमेर समूहको टिम लगायतका मापदण्ड आवश्यक हुन्छन्। एन्फालाई ३० दिनभित्र जरिवाना बुझाउनु पर्ने समेत भनिएको छ।

प्रकाशित: ८ कार्तिक २०७६ ११:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App