७ वैशाख २०८१ शुक्रबार
खेल

जावलाखेल क्वार्टरफाइनलमा

चितवन - युनाइटेड फुटबल क्लब दार्जिलिङलाई ३–१ गोलअन्तरले पराजित गर्दै जावलाखेल फुटबल क्लब आइतबार नारायगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा भएको थियो। खेलको ६२औं मिनेटमा जावलाखेलका लागि शक्ति राईले  पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। त्यसको १२ मिनेटपछि  जावलाखेलका लागि  सुजित बुढाथोकीले दोस्रो गोल गरे।  २–० ले पछि परेको दार्जिलिङका लागि शुभम क्षत्रीले ८३औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए।

जावलाखेलका लागि तेस्रो गोल भने इन्जुरी समयमा सुजितले नै गरे। दुई गोल गर्दै पहिलो गोलका लागि पास  निकालेका सुजित नै म्यान अफ दी म्याच बने। उनले नगद १० हजार रुपैयाँ र ट्रफी पुरस्कार पाए। प्रतिस्पर्धाको पहिलो हाफमा टोलीले गोल गर्ने धेरै अवसर पाए पनि सदुपयोग गर्न नसकेको जावलाखेल फुटबल क्लबका प्रशिक्षक नरेश थापाले बताए। सेमिफाइनल प्रवेशका लागि अब जावलाखेलले मंगलबार अर्को ‘ए’ डिभिजन क्लब संकटाको सामना गर्नेछ।

प्रतियोगितामा सोमबार सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुनेछ। आर्मी बाई पाएर एक चरण अघि आएको टोली होे।  एफिएफ झापा ११ लाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो। नारायणगढ जेसिजको आयोजना, चितवन जिल्ला फुटबल संघको सह आयोजना र विकास शिल्ड समितिको सहयोगमा सञ्चालित फुटबल प्रतियोगितामा  १०  टोलीकोे सहभागिता छ।

प्रकाशित: ४ कार्तिक २०७६ ०१:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App