१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

कर्पाेरेट फुटसलमा आयोजक विजयी

भक्तपुर - प्रोफेसनल थर्टिजको आयोजनामा भक्तपुरमा शनिबार सम्पन्न  भक्तपुरव्यापी कर्पाेरट फुटसल लिगमा आयोजक प्रोफेसनल थर्टिज विजयी भएको छ। गोर्खा इको प्यानल भक्तपुरलाई  एकका विरुद्ध दुई गोलले पराजित गरी आयोजक प्रोफेसनल थर्टिज विजयी भएको हो।

प्रतियोगितामा दोस्रो स्थान सुरक्षित गर्न सफल गोर्खा इको प्यानलबाट पहिलो गोल भएको थियो।  इको प्यानलका विमल सुजखुले पहिलो गोल गरेका थिए। गोर्खा इको प्यानलबाट पहिलो गोलपछि विजयी आयोजक प्रोफेसनल थर्टिजको तर्फबाट दुईवटा गोल भए।  आयोजकका विक्रम वासुकला र दिनेश कुस्माले समान एक गोल गरे।

विजयी टोलीलाई गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

प्रकाशित: ३ कार्तिक २०७६ ०२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App