२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

जयराम चौथो मिस्टर भक्तपुर

भक्तपुर– भक्तपुरको मध्यपुर थिमिमा आयोजित ‘चौथो मिस्टर भक्तपुर २०७६’ को उपाधि जयराम त्यायनाले चुमेका छन्। ७० केजीमाथिको तौल समूहबाट प्रतिस्पर्धा गरेका त्वायनाले ४३ जना प्रतियोगीहरूलाई उछिन्नेर मिस्टर भक्तपुरको उपाधि हात पार्न सफल भएका हुन्। 

पहिलो महिला एथ्लेटिक्स फिजिक्सको उपाधि भने सनम मुलगुठीले जितेकी छिन्। लगुठीले आठजनालाई पछि पार्दै फिजिक्सको उपाधि जितेकी हुन्।

भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले आयोजना गरेको प्रतियोगिता जित्ने त्वायनालाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले प्रमाणपत्र, सिल्ड, मेडल तथा ब्यानेट प्रदान गरे।

त्यस्तै, पहिलो महिला एथ्लेटिक्स फिजिक्सको दाबेदार मुलगुठीलाई नगरपालिकाकी उपप्रमुख अञ्जनादेवी मधिकर्मीले उपाधि दिलाइन्। शारीरिक सुगठन प्रतियोगितामा विभिन्न विधामा उपाधि जितेका प्रतिस्पर्धीलाई निक भुजीकिक तथा शिवशिखर कृषि सहकारीले प्रोत्साहनस्वरूप नगद पुरस्कार दिएका छन्। 

पाँच चरणमा आयोजित प्रतियोगिताको फाइनलमा ट्याग नम्बर ४७ का जयरामको पक्षमा दर्शकदीर्घाबाट हुटिङ गरिएको थियो। प्रतापकाजी बरिया संयोजक रहेको ९ सदस्यीय निर्णायकको टोलीले जयरामलाई ‘चौथो मिस्टर भक्तपुर २०७६’ को लागि सिफारिस गरिएको थियो।

प्रतियोगितामा अमितकुमार मण्डल दोस्रो, रामचन्द्र तेस्रो, नितेश श्रेष्ठ चौथो र विवेक अवाल पाँचौं स्थानमा रहे। ५५ किलोदेखि ७० भन्दामाथि तौलका पाँच समूह बनाएर प्रत्येक समूहबाट एकएक जनालाई उत्कृष्ट बडी बिल्डर छनोट गरिएको थियो।

प्रतियोगितामा संघका अध्यक्ष बाबुकाजी मानन्धरले भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले यस अघि तीन पटकसम्म जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिसकेको स्मरण गरे। 

२०५२ सालमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नारा दिएर स्थापना गरिएको संघले जिल्लाको खेलकुद विकासमा अनवरत काम गर्दै आएको उनले जनाए।

कार्यक्रममा जिल्लाबाट अन्तर्राष्ट्रिय प्रतियोगिता जितेका खेलाडीलाई सम्मान गर्दै निर्णायकका लागि कोर्स पूरा गरेका तथा पदोन्नति गरेका खेलाडीलाई प्रमाणपत्र दिइएको थियो। 

प्रकाशित: ६ आश्विन २०७६ ०५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App