१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

वाल्मीकि ‘ए’ विजयी

काठमाडौं– वाल्मीकि ए, बायोमेडिकल बी र एसएस कलेज राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको आयोजनामा आइतबारबाट सुरु स्व. चन्द्रबहादुर गुरुङ स्मृति प्रथम अन्तरकलेज फुटसल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेका छन्।

आइतबार धुम्बाराहीस्थित धन्यन्तरी फुटसलमा भएको प्रिक्वार्टरफाइनलमा वाल्मीकिले नाइटिंगल बी लाई पेनाल्टी सुटआउटमा ३–० ले हराएको हो। निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीमार्फत लिइएको थियो।

त्यस्तै, बायोमेडिकल बी ले पशुपति क्याम्पसमाथि ३–० को सहज जितका साथ अन्तिम ८ मा स्थान पक्का गर्दा एसएसले गोल्डेनगेटमाथि ३–० को जितका साथ अघिल्लो चरणमा स्थान पक्का गर्यो।

प्रतियोगिताको बाँकी रहेका केही प्रिक्वार्टफाइनलका साथै सेमिफाइनल र फाइनल खेल सोमबार हुने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका उपाध्यक्ष शशी भण्डारीले जानकारी दिए।

भण्डारीले प्रतियोगिताको विजेताले नगद २० हजार, उपविजेताले १५ र तेस्रो स्थानको टोलीले १० हजार प्राप्त गर्ने जानकारी दिए। 

प्रकाशित: ६ आश्विन २०७६ ०५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App