१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रोनाल्डोको निर्णायक गोलमा युभेन्टस विजयी

काठमाडौं– क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलमा युभेन्टस विजयी भएको छ। इटालियन सिरी ए फुटबलअन्तर्गत शनिबार राती भएको खेलमा वेरोनालाई २–१ गोलले पराजित गर्दै युभेन्टस विजयी भएको हो। 

युभेन्टसका लागि ३१ औँ मिनेटमा आरोन राम्सीले गोल गरेका छन्। गएरातीको खेलबाट इटालियन सिरीमा डेब्यु गरेका राम्सीले पहिलो खेलमै गोल गर्न सफल भए। 

यसअघि खेलको २० औँ मिनेटमा पिन्तो वेलोसोको गोलबाट वेरोनाले अग्रता लिएको थियो। राम्सीले गोल गर्दै नतिजालाई बराबरीमा ल्याए। 

खेलको ४९ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै रोनाल्डोले नतिजा आफ्नो टिमको पक्षमा पारे। उनले जितका लागि निर्णायक गोल गरे। 

खेलमा वेरोनाका कुम्बुला दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिनु परेको थियो।

शनिबार राति नै भएको अन्य खेलमा इन्टर मिलानले एसी मिलानलाई २–० ले पराजित गरेको छ भने ब्रेस्कियाले युडिनेसलाई १–० ले पराजित गर्यो।

प्रकाशित: ५ आश्विन २०७६ ०१:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App