१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

इन्टर शीर्षमा

मिलान – युभेन्ट्स फियोरेन्टिनासँग बराबरीमा रोकिएको दिन शनिबार इन्टर मिलान युडिनेसीमाथि १–० को जितका साथ इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ।

एन्टोनियो कोन्टेको टोलीले सिरी ‘ए’ मा शतप्रतिशत नतिजालाई तेस्रो खेलसम्म निरन्तरता दिने क्रममा स्टेफानो सेन्सेले गरेको हेड गोल पर्याप्त बन्यो। इन्टरले मगलबार स्लाभिया प्राग्युविरुद्धको खेलसँगै युरोपा लिगको सुरुआत गर्नेछ।

तर निमोनियाका कारण सुरुआती दुई खेलमा अनुपस्थित रहेका युभेन्ट्सका प्रशिक्षक माउरिसियो सारीका लागि भने सुखद बन्न सकेन। उनको टोली फियोरेन्टिनासँग गोलरहित बराबरीमा रोकिएको हो। युभेन्ट्सले पनि मंगलबार च्याम्पियन्स लिगको पहिलो खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडको सामना गर्नेछ।

यस जितपछि इन्टर ९ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेलमा युभेन्ट्सको ७ अंक छ।  ‘हामी आज जितका हकदार थिएनांै,’ युभेन्ट्सका प्रशिक्षक सारीले भने।
८ पटकको सिरी ‘ए’ विजेता युभेन्ट्सले यसअघि नै चोटका कारण कप्तान जर्जियो केलिनी, माटिया डी स्केगलियो र मार्को पेजकालाई गुमाइसकेको छ।

‘टोली चोटको मारमा परेको छ। हामी अहिले सबै वैकल्पिक खेलाडीको प्रयोग गरिरहेका छाेंै,’ सारीले भने, ‘स्वाभाविक प्रदर्शन गर्न नसक्दा हामी स्पष्ट तीन अंक लिन चुक्यांै।

यता युडिनेसीले ३५आंै मिनेटमा रोड्रिगो डी पाउलले रातो कार्डको दर्शन गर्दैै मैदानबाट बाहिरिएपछि  १० खेलाडीमा सीमित हँुदै खेलको अन्त्य गरेको थियो। खेलको अन्तिम १० मिनेट मैदानमा बिताएका एलेक्सिस सान्चेजको प्रहार युडिनेसीका गोलकिपर एन्टोनियो चान्डभेराले रोक्दा उनी सिरी ‘ए’ मा गोल खाता खोल्न विफल भएका थिए। सान्चेज यसै सिजन मात्र इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टरमा भित्रिएका थिए।

यता नेपोलीले भने लिभरपुलविरुद्धको च्याम्पियन्स लिग भिडन्तअघि उच्च मनोबल पारेको छ। नेपोलीले साम्पडोरियामाथि २–० को जित हात पारेको हो। नेपोलीको जितमा दुवै गोल द्रिइस मार्टिन्सले गरेका थिए।

नेपोलीले सान पाउलो रंगशालाको पुनर्निर्माणपछि पहिलो पटक घरेलु मैदानमा खेलेको हो। १३औं मिनेटमा जियोभानी डी लोरेन्जोको क्रसमा मार्टिन्सले बललाई पोस्टको दिशा दिएका थिए। ६७आंैं मिनेटमा मार्टिन्सले नेपोलीको अग्रता दोब्बर पारेका थिए। ‘हामीले उत्कृष्ट प्रदर्शन ग¥यांै,’ नेपोलीका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने, ‘हामीले क्लिन सिट राख्न सक्यौं र त्यो नै महŒवपूर्ण पक्ष हो।’

 

प्रकाशित: ३० भाद्र २०७६ ०२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App