१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

स्मिथलाई पुनः कप्तान बनाउनुपर्छ : टेलर

सिड्नी – अस्ट्रेलियाका पूर्वकप्तान मार्क टेलरले बिहीबार स्टिभ स्मिथलाई पुनः राष्ट्रिय टोलीको कप्तान बनाउनुपर्ने प्रतिक्रिया दिएका छन्। अस्ट्रेलियाले इङ्ल्यान्डमा जारी एसेस शृंखलाको उपाधि जित्ने क्रममा मार्कले स्मिथले गरेको उत्कृष्ट प्रदर्शनका आधारमा ३० वर्षे स्मिथलाई दोस्रो अवसर दिनुपर्ने बताएका हुन्।

उपकप्तान डेविड वार्नर र ओपनर क्यामरुन बेनक्रफ्टसँगै दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा बल टेम्परिङको घटनामा मुछिएसँगै उनीलगातयका खेलाडीमाथि एक वर्षे प्रतिबन्ध लागेको थियो। प्रतिबन्ध फुकुवा भएपछि स्मिथ मैदानमा उत्रिएको यौ नै पहिलो टेस्ट शृंखला हो।

यद्यपि, उनीमाथि टोलीको नेतृत्वमा फर्कन भने अर्को वर्षको मार्चसम्म प्रतिब्रन्ध लगाइएको छ। हाल विकेटकिपर ब्याट्सम्यान टिम पायनेले अस्ट्रेलियाली टेस्ट टोलीको कप्तानी गरिरहेका छन्। पायनेले गत साता चौथो टेस्ट जित्दै एसेस शृंखला पुनः एक पटक आफ्नो पक्षमा पारेसँगै स्मिथलाई विश्वकै उत्कृष्ट ब्याट्सम्यानको संज्ञा दिएका थिए।

पायने आगामी डिसेम्बरमा ३५ वर्ष लाग्नेछन्। पायनेपछि उस्मान ख्वाजा र टार्भिस हेडलाई अस्ट्रेलियाली टोलीको कप्तानको सम्भावित दाबेदारका रूपमा हेरिएको छ। तर दुवै खेलाडीले एसेस शृंखलामा उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन्। स्मिथ बल टेम्परिङको घटनामा मुछिएपछि सजाय सुनाउनेमध्ये टेलर पनि थिए। टेलरले स्मिथमा कप्तानी स्वभाव भएको बताएका हुन्।

‘मलाई विश्वास छ, स्मिथले पुनः एक पटक अस्ट्रेलियाली टोलीको कप्तानी सम्हाल्नेछन्,’ सिड्नी मर्निङ हेराल्डसँग मार्कले भने, ‘म क्रिकेट अस्ट्रेलियाले स्मिथ, वार्नर र बेनक्रफ्टमाथि सजाय तोक्दा त्यसको सदस्य थिएँ। उनीलगायतका खेलाडीले अहिले पाठ सिकिसकेका छन्, त्यसैले उनी नेतृत्वमा आउँदा थप जिम्मेवार भएर आउनेछन्।’ अस्ट्रेलियाले अगामी टेस्ट पाकिस्तान र न्युजिल्यानविरुद्ध खेल्दै छ।

‘म स्मिथलाई अहिले नै कप्तान बनाइहाल भन्दिनँ। मार्चसम्म उनीमाथि प्रतिबन्ध हो। अप्रिल १ बाट उनलाई कप्तानको जिम्मेवारी दिन सकिन्छ,’ मार्कले भने, ‘म पायनेले कप्तानी छोडेको हेर्न चाहन्छु।’

स्मिथले जारी शृंखलामा ६ सय ७१ रन जोडिसकेका छन्, जहाँ तीन शतक र एक दोहोरो शतक समावेश छ। एसेसको साबिकको विजेता अस्ट्रेलियाले चौथो टेस्ट जित्दै शृंखला २–१ ले आफ्नो पक्षमा पारिसकेको छ। स्मिथमाथि टोलीको नेतृत्वमा फर्कन भने अर्को वर्षको मार्चसम्म प्रतिब्रन्ध लगाइएको छ। हाल विकेटकिपर ब्याट्सम्यान टिम पायनेले अस्ट्रेलियाली टेस्ट टोलीको कप्तानी गरिरहेका छन्।

 

 

प्रकाशित: २८ भाद्र २०७६ ०४:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App