१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

स्टिभलाई पुनः कप्तान बनाउनुपर्छ : टेलर

सिड्नी – अस्ट्रेलियाका पूर्वकप्तान मार्क टेलरले बिहीबार स्टिभ स्मिथलाई पुनः राष्ट्रिय टोलीको कप्तान बनाउनुपर्ने प्रतिक्रिया दिएका छन् । मार्कले अस्ट्रेलियाले इङ्ल्यान्डमा जारी एसेस शंखलाको उपाधि जित्ने क्रममा स्मिथले गरेको उत्कृष्ट प्रदर्शनका आधारमा ३० वर्षे स्मिथलाई दोस्रो अवसर दिनुपर्ने बताएका हुन् ।

उपकप्तान डेविड वार्नर र ओपनर क्यामरुन बेनक्रफ्टसँगै दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा बल टेम्परिङको घटनामा मुछिएसँगै उनीलगातयतका खेलाडीमाथि १ वर्षे प्रतिबन्ध लागेको थियो । प्रतिबन्ध फुकुवा भएपछि स्मिथ मैदानमा उत्रिएको यौ नै पहिलो टेस्ट शृंखला हो । यद्यपि उनीमाथि टोलीको नेतृत्वमा फर्कन भने अर्को वर्षको मार्चसम्म प्रतिब्रन्ध लगाइएको छ ।

हाल विकेटकिपर ब्याट्सम्यान टिम पायनेले अस्ट्रेलियाली टेस्ट टोलीको कप्तानी गरिरहेका छन् । पायनेले गत साता चौथो टेस्ट जित्दै एसेस शृंखला पुनः एक पटक आफ्नो पक्षमा पारेसँगै स्मिथलाई विश्वकै उत्कृष्ट ब्याट्सम्यानको संज्ञा दिएका थिए । पायने डिसेम्बरमा ३५ वर्ष लाग्नेछन् । पायनेपछि उस्मान ख्वाजा र टार्भिस हेडलाई अस्ट्रेलियाली टोलीको कप्तानको सम्भावित दाबेदारका रूपमा हेरिएको छ । तर दुवै खेलाडीले एसेस शृंखलामा उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् ।

स्मिथ बल टेम्परिङको घटनामा मुछिएपछि सजाय सुनाउनेमध्ये टेलर पनि थिए । टेलरले स्मिथमा कप्तानी स्वभाव भएको बताएका हुन् । ‘मालाई विश्वास छ, स्मिथले पुनः एक पटक अस्ट्रेलियाली टोलीको कप्तानी सम्हाल्नेछन्,’ सिड्नी मर्निङ हेराल्डसँग मार्कले भने, ‘म क्रिकेट अस्ट्रेलियाले स्मिथ, वार्नर र बेनक्रफ्टमाथि सजाय तोक्न त्यसको सदस्य थिए । उनीलगायतका खेलाडीले अहिले पाठ सिकिसकेका छन्, त्यसैले उनी नेतृत्वमा आउँदा थप जिम्मेवार भएर आउनेछन् ।’

अस्ट्रेलियाले अगामी टेस्ट पाकिस्तान र न्युजिल्यानविरुद्ध खेल्दै छ । ‘म स्मिथलाई अहिले नै कप्तान बनाइहाल भन्दिनँ । मार्चसम्म उनीमाथि प्रतिबन्ध हो ।अप्रिल १ बाट उनलाई कप्तानको जिम्मेवारी दिन सकिन्छ,’ मार्कले भने, ‘म पायनेले कप्तानी छोडेको हेर्न चाहन्छु ।’ स्मिथले जारी शृंखलामा ६ सय ७१ रन जोडिसकेका छन्, जहाँ ३ शतक र १ दोहोरो शतक समावेश छ । एसेसको साबिकको विजेता अस्ट्रेलियाले चौथो टेस्ट जित्दै शृंखला २–१ ले आफ्नो पक्षमा पारिसकेको छ ।

 

 

प्रकाशित: २७ भाद्र २०७६ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App