काठमाडौं– नेपालले यू–१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा यूएईसँग जित निकालेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाएको थियो। नेपालले २८६ रनको लक्ष्य दिएको थियो । तर युएईले ३४.४ ओभरमा सबै विकेटको क्षतिमा १२५ रन मात्रै बनायो।
नेपालका सागर ढकालले तीन विकेट लिए। त्यस्तै राशिद खान, पवन सर्राफ र सुर्य तामाङले समान २–२ विकेट लिएका थिए ।
कप्तान रोहितकुमार पौडेलले तेस्रो विकेटका लागि आशिफ शेखसँग ७१ र चौथो विकेटका लागि सन्दीप जोरासँग ८५ रनको साझेदारी गरेका थिए। त्यसैगरी आशिफले ४५ र सन्दीपले ४८ रन बनाएका थिए।
प्रकाशित: २४ भाद्र २०७६ ११:३० मंगलबार