१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

एचएचसिए र ओडिसीलाई सफलता

काठमाडौं –  एचएचसिए र ओडिसीले शनिबार १४औं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सफलता पाएका छन्।

एचएचसिएले फ्लोरोसेन्टलाई १९–१५ ले पराजित ग¥यो। एचएचसिएका दिशान्त राईले ७ अंक जोडे। ओडिसीले बिएनएलाई १५–१२ ले हरायो। जुनियर ब्वाइजमै लालीगुराँसले हिमरश्मिलाई १५–९ ले पाखा लगायो। लालीगुराँसका दीपेश कार्कीले ८ अंक बटुले।

सिनियर ब्वाइजमा आयोजक ग्रिनल्यान्डले न्यु समिटलाई ५७–२७, टिआइएले बिएनएलाई ५८–३५, नवोदितले डिआर मेमोरियललाई २६–१० र गोल्डेनपिकले एन्जल्स हर्टलाई ४०–२० ले पन्छाए। ग्रिनल्यान्डका राजीव आले मगरले २६, टिआइएका सम्राट गुरुङले १७, नवोदितका लक्ष्मण गुरुङले १८ र गोल्डेनपिकका गोपाल भण्डारीले १० स्कोर गरे।

सिनियर गल्र्समा एचएचसिएले स्किब्सलाई २६–२३, भ्याली पब्लिकले प्रोलिफिकलाई ४६–३०, ग्रिनल्यान्डले न्यु समिटलाई २७–१५ र टिआइएले भद्रकालीलाई १८–१२ ले पराजित गरे। एचएचसिएकी अनिता राईले ९, भ्याली पब्लिककी सुजु गुरुङले १३, ग्रिनल्यान्डकी स्वीकृति अधिकारीले ९ र टिआइएकी अर्पिताले ७ अंक जोडे।

प्रकाशित: ८ भाद्र २०७६ ०३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App