८ वैशाख २०८१ शनिबार
खेल

नेपाली पारा तेक्वान्दो ओलम्पिकलक्षित वैदेशिक प्रशिक्षण

बिदाइपछि सामूहिक तस्बिर खिचाउँदै नेपाली पारा तेक्वान्दो टोली तस्बिरः नागरिक

काठमाडौं – सन् २०२० मा जापानमा हुने पारा ओलम्पिकलाई लक्षित गर्दै नेपाली राष्ट्रिय पारा तेक्वान्दो टोलीले वैदेशिक प्रशिक्षण गर्ने भएको छ। लामो समयदेखि घरेलु प्रशिक्षण गरिरहेको नेपाली पारा तेक्वान्दो टोलीले जापानको मिकिसिटी सहरमा छोटो अवधिका लागि प्रशिक्षण गर्न लागेका हुन्। पारा तेक्वान्दो नेपाली पारा खेलकुदमा बाह्रै महिना प्रशिक्षण गर्ने खेलको रूपमा चिनिने गरिन्छ। साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि पारा तेक्वान्दोको सहभागिता निकै राम्रो रहँदै आएको छ।

पारा तेक्वान्दोले टोकियो ओलम्पिकमा खेल्ने योजनाअनुरूप बाहै्र महिना प्रशिक्षण र अन्तर्राष्ट्रिय एक्सपोजरलाई प्राथमिकतामा राख्दै आएको छ। सोही योजनाअनुरू आफ्नो तयारीमा थप सुधार गर्न नेपाली पारा तेक्वान्दोले यसपटक वैदेशिक प्रशिक्षण पनि गर्न लागेको गर्दै छ। जापानको मिकिसिटी सहरले एक साताका लागि पारा टोलीको प्रशिक्षण मिलाइदिएको नेपाली राष्ट्रिय पारा तेक्वान्दो टोलीका प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए।

सोही नेपाली टोलीलाई शुक्रबार एक कार्यक्रमबीच नेपाल तेक्वान्दो संघले बिदाइ गरेको छ। उनीहरूलाई संघका अध्यक्ष प्रकाश शम्शेर राणा लगायतले सातदोबाटोमा बिदाइ गरेका थिए। मिकिसिटीका मेयर काजुहिकु नाकाताको विशेष निमन्त्रणामा पारा टोली त्यसतर्फ जान लागेको प्रशिक्षक लामाले बताए। नेपालबाट ग्यरोगीतर्पm ३ र दुई पुम्से खेलाडी प्रशिक्षणमा सहभागी हुनेछन्।

प्रशिक्षणका लागि जापान जाने खेलाडीहरूमा पलेसा गोवद्र्धन, दीपेश महत, रोहितहाङ राई, विक्रम श्रेष्ठ र सुवासचन्द्र राई छन्। प्रशिक्षकमा कविराज नेगी लामा,  व्यवस्थापकमा रोशन श्रेष्ठ र टोली नेतामा रामचन्द्र श्रेष्ठ छन्। नेपाली खेलाडीको बस्ने र खाने व्यवस्था मिकिसिटी महानगरपालिकाले गर्नेछ। आइतबार जापान जाने नेपाली टोलीले अगस्ट ५ देखि ११ तारिखसम्म प्रशिक्षण गर्नेछ। नेपाल तेक्वान्दो संघसँग भएको सम्झौताअनुसार नेपाली पारा खेलाडीले जापानमा दुई चरणमा प्रशिक्षण गर्नेछन्। नेपाली टोली पहिलो चरणको प्रशिक्षणका लागि जापान जान लागेको हो।

प्रकाशित: १८ श्रावण २०७६ ०२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App