५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नेपाललाई थप दुई स्वर्ण

विभिन्न विधामा पदक जितेको नेपाली टोली दोस्रो स्थानको ट्रफीका साथ।

काठमाडौं – ओभरल च्याम्पियनमा चुकेको आयोजक टोली नेपालले १२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा शनिबार थप दुई स्वर्णसहित तीन स्वर्ण आफ्नो बनाएको छ।   

नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको अन्तिम दिनको खेलमा पुरुष एथलेटिक फिजिकअन्तर्गत १ सय ६७ सेमिमाथिको स्पर्धामा नरेश मुन्जिकार र महिलाको मोडल फिजिकमा मल्लिका शाक्यले स्वर्ण जितेपछि नेपालको स्वर्ण पदक संख्या तीन पुगेको हो। यसअघि शुक्रबार भएको पहिलो दिन नेपालले एक स्वर्ण जितेको थियो। पहिलो दिन नेपालका लागि शारीरिक सुगठनको ६० केजी तौलसमूहमा समीर श्रेष्ठले स्वर्ण पदक दिलाएका थिए। तर, आयोजक नेपाल ओभरल च्याम्पियनको उपाधिमा पनि निराश बन्यो। च्याम्पियनसिपको ओभरलतर्फ भने भारतका रवीन्द्रकुमार मल्लिकले उपाधि जिते। टिमतर्फ अफगानिस्तान पहिलो हुँदा नेपाल दोस्रो स्थानमै खुम्चियो। भारतले भने तेस्रो स्थान हात पा¥यो।

पुरुष एथलेटिक फिजिकअन्तर्गत १ सय ६७ सेमीमाथिको स्पर्धामा नरेश मुन्जिकार र महिलाको मोडल फिजिकमा मल्लिका शाक्यले स्वर्ण जितेपछि नेपालको स्वर्ण पदक संख्या तीन पुगेको हो।

शनिबार नै भएको इभेन्टमा नेपालका नरेशले स्वर्ण जितेको विधा पुरुष एथलेटिक फिजिकमा भारतका नकुल कौशलले रजत र माल्दिभ्सका फतुल्लाह मोहम्मदले कांस्य पदक जिते। महिलाको मोडल फिजिकमा नेपालकै पूजा श्रेष्ठले रजत र भारतकी निश्रिन पारिखले कांस्य पदक जिते। च्याम्पियनसिपको सिनियर पुरुष बडिबिल्डिङको ७५ केजीमा अफगानिस्तानका सेफातुल्लाह हाफिजीले पहिलो, भारतका धर्मेन्द्र कुमारले दोस्रो र नेपालका अशोक महर्जनले तेस्रो स्थान हात पारे। पुरुषकै ८० केजीमा भारतका रवीन्द्रकुमार मल्लिकले स्वर्ण, अफगानिस्तानका मोहम्मद सखीले रजत र नेपालका मिलन सिजापतिले कांस्य जिते।

पुरुषकै ९० केजी तौलसमूहमा अफगानिस्तानका गुलाजन ओमर, पाकिस्तानका मोहम्मद सैयद र फहिम अब्बासले क्रमशः स्वर्ण, रजत र कांस्य जिते। ९० केजीमाथिको स्पर्धामा अफगानिस्तानका अहमद मोहम्मदी पहिलो, भारतका विनय कुमार दोस्रो र पाकिस्तानका सैयद फजल तेस्रो भए।

जुनियर पुरुषतर्फ माल्दिभ्सका अहमद सैयदले स्वर्ण, भारतका ऋषि अथरेयाले रजत र नेपालका कृष्ण महर्जनले कांस्य जिते। पुरुष एथलिट फिजिकको १६७ सेमीसम्ममा अफगानिस्तानका अहमद सिकन्दर जादाले स्वर्ण जित्दा नेपालका निशान्तमान प्रधानले रजत र माल्दिभ्सका अहमद फजिलले कांस्य पदकमा चित्त बुझाए। यस्तै पुरुषकै स्पोर्ट्स फिजिकमा माल्दिभ्सका अजनिन रसद पहिलो, नेपालका प्रमोद राई दोस्रो र अफगानिस्तानका ममिदुल्लाह खुर्सिदले तेस्रो स्थान हात पारे। पुरुषकै स्पोर्ट्स फिजिकको १ सय ७० सेमीमा पाकिस्तानका उस्मान उमर, भारतका सिनु चोभा र भुटानका टासी छोस्केले क्रमशः स्वर्ण, रजत र कांस्य पदक हात पारे। विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाललगायतले पुरस्कार प्रदान गरे।

 

प्रकाशित: ५ श्रावण २०७६ ०५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App