१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

रणदीपलाई कांस्य

काठमाडौं – नेपाली कराते खेलाडी रणदीप गोलेले २०औं अन्तर्राष्ट्रिय मिलो कराते च्याम्पियनसिपमा कांस्य जितेका छन् । उनले पुरुष एकल कातामा नेपाललाई कांस्य दिलाएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स संघ (आइएमए) का अध्यक्षसमेत रहेका टोली नेता प्रकाश श्रेष्ठले जनाएका छन् ।

अध्यक्ष श्रेष्ठका अनुसार रणदीपले फिलिपिन्स, भारत र मलेसियाका खेलाडीलाई हराएका थिए । मलेसियाको क्वालालम्पुरमा जुन ६ र ७ तारिखमा भएको प्रतियोगितामा रणदीपसहित ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए । अजय मगर, कमल दर्जी र सुजन विश्वकर्मा पदकविहीन रहे ।

प्रकाशित: २३ असार २०७६ ०१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App