११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

एसिसी यु १९ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले चीनलाई ५ ओभरमै हरायो

काठमाडौं - एसिसी यु-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले विजयी  सुरुवात गरेको छ। बुधबार भएको खेलमा नेपालले चीनलाई १० विकेटले हराउँदै विजयी सुरुवात गरेको हो। मलेसियाको किनरारा ओभलमा चीनले दिएको ५४ रनको लक्ष्य ५ ओभरमै पुरा गरेकाे हाे।

नेपालको जितमा पवन सर्राफले नटआउट ४६ रन र रित गौतमले नटआउट १० रन जोडे। त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चीन २३.१ ओभरमा ५३ रनमा अलआउट भएको थियो।

प्रकाशित: १८ असार २०७६ ०४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App