१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

मेसीको जादुमय प्रदर्शन

लिभरपुलविरुद्ध गोल गरेपछि बार्सिलोनाका लियोनल मेसी। तस्बिरःएपी

बार्सिलोना – लियोनल मेसीको जादुमय खेल रोक्न नसकिएको स्वीकार गर्दै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफ्नो टोलीले फाइनलमा स्थान बनाउन चमत्कारी प्रदर्शन गर्नुपर्ने बताएका छन्।

घरेलु मैदान क्याम्प नोउमा लुइस स्वारेजले पूर्वक्लबविरुद्धको पहिलो गोल गर्दा मेसीले दुई गोल थप्दै सेमिफाइनलको पहिलो लेगमै ३–० ले पछि पारेपछि लिभरपुलका प्रशिक्षक क्लोपले सो दोस्रो लेगमा चमत्कारी प्रर्दशन हुनुपर्ने बताएका हुन्। फ्रिकिकमार्पmत व्यक्तिगत दोस्रो गोल गर्दै मेसीले बार्सिलोनाका लागि ६ सयौं गोल पूरा गरेका थिए।

पहिलो लेगमै फराकिलो अन्तरले पछि परेकाले लिभरपुलले अर्को हप्ता आफ्नो घरेलु मैदान एन्फिल्डमा हुने दोस्रो लेगमा यादगार प्रर्दशन गर्नुपर्ने हुन्छ। पहिलो लेगमा बार्सिलोनालाई फराकिलो अग्रतामा जित दिलाउन मेसीको प्रदर्शन पनि तारिफ योग्य रहेको थियो। लिभरपुलका प्रशिक्षक क्लोपले पनि मेसीको प्रदर्शनको प्रशंसा गरे।

‘उनलाई रोक्न सकिने अवस्था नै थिएन,’ l िलभरपुलका प्रशिक्षक अर्नेस्टो क्लोपले भने, ‘उनको त्यो फ्रिकिकलाई रोक्ने सकिने अवस्था नै थिएन। जुन निकै उत्कृष्ट थियो। उनी विश्वस्तरीय खेलाडी हुन्। त्यसैले उनको फ्रिकिकप्रति चकित भइनँ।’ मेसीले टप कर्नरमा भली फ्रिकिक प्रहार गर्दै गोल गरेका थिए। त्यसलगत्तै हँसिलो प्रतिक्रिया दिएका क्लोपका लागि त्यो नतिजासँगै फाइनल पुग्ने सम्भावना कठिन भएको छ।

पहिलो हाफको सुरुआतदेखि नै दबाब बनाएको बार्सिलोनाले दोस्रो हाफमा मेसीको दुई गोलसँगै दबाबलाई निरन्तरता दियो। लिभरपुलले एक उत्कृष्ट आक्रमण बुन्दा मोहम्मद सालाहको प्रहार पोस्टमा लागेर फर्कियो। ‘यो टोलीविरुद्ध मेरा खेलाडीको प्रदर्शन राम्रो रह्यो,’ प्रशिक्षक क्लोपले भने, ‘मैले उनीहरूलाई पनि भनेको थिएँ। हामीले अवे खेल गुमाउनु ठुलो समस्या थिएन। यद्यपि, हामीले गोल पनि गर्नुपर्ने थियो।’

लिभरपुललाई पहिलो लेगमा निरास बनाउन मेसी र स्वारेजको प्रदर्शन उत्कृष्ट रह्यो। यस सिजन बार्सिलोनाका लागि सबै प्रतियोगितामा गरेर मेसीले ४७ र स्वारेजले २५ गोल गरेका थिए। बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले अझै पनि लिभरपुलले आपूmहरूलाई दुखद नतिजा बेहोर्न बाध्य बनाउन सक्ने बताए। ‘उनीहरूले अभैm राम्रो नतिजा निकाल्न सक्छन्,’ बार्सिलोनाका प्रशिक्षक भाल्भर्डेले भने, ‘फाइनल पुग्न यो नतिजा निकै राम्रो हो। तर, अफै पनि दुवैतर्पm सम्भावना खुला छन्।’

बार्सिलोनाको घरेलु मैदानमा सुरुआती अवस्थामा केही आशा देखाएको लिभरपुलले २५औं मिनेटमा नेबी केइटा घाइते भएपछि दबाब बेहो¥यो। उनको स्थानमा जोर्डन हेन्डर्सन मैदान छिरेका थिए। त्यसको एक मिनेटपछि नै बार्सिलोनाले आक्रमण बुनेको थियो। फिलिप कौटिन्हो पासमा जोडी अल्बाको प्रहार पोस्टनजिकैबाट बाहिरियो। त्यसपछि मानेले लिभरपुललाई अग्रता दिलाउने अवसर पाए पनि सदुपयोग गर्न सकेनन्।

यद्यपि, २६औं मिनेटमा स्वारेजले उत्कृष्ट गोल गर्दै पाहुना टोलीविरुद्ध दबाब सिर्जना गरे। जोडी अल्बाको पासमा स्वारेजले पेनाल्टी क्षेत्रबाटै फ्लिक गोल गरेका थिए। त्यो गोलसँगै बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता बनायो। दोस्रो हाफको सुरुआतमा लिभरपुलले जेम्स मिल्नर र सालाहको आक्रमणबाट केही आशा देखाएको थियो।

यद्यपि, बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेजेनले मिल्नर र सालाहको प्रहारलाई सफल हुन दिएनन्। त्यसपछि मेसीले सात मिनेटभित्र दुई गोल गर्दा लिभरपुल निरीह बन्न बाध्य भयो। ७५औं मिनेटमा रिबाउन्ड आएको बललाई मेसीले छातीले रोक्दै सहज रूपमा पेनाल्टी क्षेत्रबाटै गोल गरे।

८२औं मिनेटमा मेसीले उत्कृष्ट फ्रिकिकमार्पmत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता ३–० ले अगाडि बढाए। ३० यार्ड टाढाबाट मेसीले गरेको टप कर्नर प्रहार लिभरपुलका गोलकिपर एलिसन बेकरले डाइभ गरे पनि रोक्नै सकेनन्। त्यसपछि सालाहले गोलको अवसर बनाए पनि सदुपयोग नहुँदा गोलदूरी कम गर्ने अवसर गुमायो।
‘उनको त्यो फ्रिकिकलाई रोक्ने सकिने अवस्था नै थिएन। जुन निकै उत्कृष्ट थियो। उनी विश्वस्तरीय खेलाडी हुन्। त्यसैले उनको फ्रिकिकप्रति चकित भइनँ।’

प्रकाशित: २० वैशाख २०७६ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App