काठमाडाैं–थाइल्याण्डमा जारी एसीसी यू १६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगितामा हङकङलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताको साविक विजेता समेत रहेको नेपालले शनिबार हङकङमाथि ४ विकेटले जीत निकाल्दै फाइनलको यात्रा तय गरेको हो। ८६ रनको सामान्य लक्ष्य पाएको नेपालले २१ ओभर चार बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। हङकङलाई सस्तैमा समेट्न नेपालका लागि निखिल कुमार सिंहले सर्वाधिक ४ विकेट लिए। त्यस्तै रमेश कुर्मी र विशालकुमार पटेलले समान दुई दुई विकेट लिए।
ब्याटिङ तर्फ आशिष भट्टराईले १७ रन, दुदराज बिकले १४, कृष्ण कार्की १२, दिपक बोहोराले ११, सुवाष ऐयरले १० रन बनाए। नेपालले यसअघि मलेसिया र म्यानमार माथि जित निकालेको थियो।
प्रकाशित: १४ वैशाख २०७६ ०८:५१ शनिबार