काठमाडौं– १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आएपीएल) क्रिकेटअन्तर्गत किङ्गस इलेभन पञ्जाबविरुद्धको खेलमा दिल्ली क्यापिटलले नेपाली स्पिनर सन्दीप लामिछानेलाई समावेश गरेको छ।
दिल्लीले आज राती ८ बजेदेखि पञ्जाबविरुद्ध खेल्दै छ। खेल पञ्जाबकाे घरेलु मैदान माेहालीमा हुँदैछ।
सन्दीपले यसअघि कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा मौका पाएका थिए। ४ ओभर खेलेका उनले २९ रन दिँदै कोलकाताको एक विकेट लिएका थिए। यो खेलमा सन्दीप सबैभन्दा कम रन दिने बलर थिए।
प्रकाशित: १८ चैत्र २०७५ १४:१० सोमबार