२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

डन्डीबियो प्रतियोगिता हुने

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा तेस्रो माध्यमिक विद्यालयस्तरीय डन्डीबियो प्रतियोगिता बुधबारदेखि सुरु हुँदै छ।

प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र धादिङका २० टोलीको सहभागिता रहने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जनाएका छन्।

नेपाल डन्डीबियो संघको समन्वयमा हुने प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताका खेलहरुले त्रिपुरेश्वरस्थित राखेप हातामा हुनेछ। फाइनल शुक्रबार हुनेछ।

 

प्रकाशित: २८ फाल्गुन २०७५ २३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App