१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अन्तिम खेलमा भारत विजयी

विलिङ्टन – भारतले घरेलु टोली न्युजिल्यान्डसँगको पाँच खेलको एकदिवसीय क्रिकेट शृंखला ४–१ ले आफ्नो बनाउँदै आगामी विश्वकपमा उत्कृष्ट हुने संकेत गरेको छ।

यसअघि अस्ट्रेलियाको भूमिमा ऐतिहासिक सफलता प्राप्त गरेको भारतले अर्को बलियो राष्ट्र न्युजिल्यान्डलाई  पनि स्तब्ध बनाउँदै आगामी विश्वकपको तयारी राम्रो भइरहेको संकेत गरेको हो। नियमित कप्तान विराट कोहलीलाई आराम दिँदै लगातार दुई खेल खेलेको भारतले पाँचौं तथा अन्तिम खेलमा पनि न्युजिल्यान्डमाथि ३५ रनको जित रचेको थियो। भारत एकदिवसीय विश्व वरीयतामा दोस्रो स्थानमा छ।

शीर्ष स्थानको इङ्ल्यान्ड (१२६ रेटिङ) भन्दा ८ अंकले पछाडि छ। यसअघि श्रीलंकाविरुद्धको शृंखला ३–० ले जितेको न्युजिल्यान्ड तेस्रो स्थानमा छ। यता, लगातार एकदिवसीय शृंखला आफ्नो बनाएको भारतले यसै वर्ष इङ्ल्यान्डमा हुने विश्वकप यादगार हुने संकेत गरेको छ। आइतबारको भारतले कठिन स्थितिबाट खेल उकास्दै परिपक्वताको उदाहरणसमेत पेस गरेको छ।

नियमित कप्तान विराट कोहलीलाई आराम दिँदै लगातार दुई खेल खेलेको भारतले पाँचौं तथा अन्तिम खेलमा पनि न्युजिल्यान्डमाथि ३५ रनको जित रचेको थियो।

एक समय टोलीको खातामा १८ रन मात्र हुँदा ४ विकेट पतनको खराब अवस्थाबाट भारतले निर्धारित ५० ओभर सकिन एक बल बाँकी छँदा २ सय ५२ रन बनाउँदै जितसमेत निकाल्यो। बलिङतर्फ पनि साथ पाएपछि भारतले घरेलु टोलीलाई ३५ बल बाँकी छँदा २ सय १७ रनमै समेट्यो। लगातार तीन खेलमा जितसँगै शृंखला आफ्नो बनाएको भारतले चौथो एकदिवसीय खेलमा युवा खेलाडीलाई अवसर दिँदा न्युजिल्यान्डलाई ८ विकेटले नतिजा सुम्पिएको थियो।

सोही खेलमा ट्रेन्ट बोल्टले ५ विकेट लिँदै २१ रन दिएका थिए। यद्यपि, भारतले आइतबारको अन्तिम खेलमा पनि सोही खेलाडीलाई अवसर दिँदा सफलता प्राप्त ग¥यो। भारतीय कप्तान रोहित शर्माले टस जिते पनि न्युजिल्यान्डका उत्कृष्ट बलरसामु ब्याटिङ गर्ने निर्णय गरेका थिए। न्युजिल्यान्डका बलरले लगातार धारिलो बलिङ गर्दै शीर्ष ब्याट्सम्यानलाई सस्तैमा आउट गरे।

न्युजिल्यान्डका ट्रन्ट बोल्ट र म्याट हेनरीले चार विकेट लिएपछि १० ओभरमा भारतको खातामा १८ रन मात्र हुँदा ४ विकेट गुमेको थियो। जसमा भारतका अनुभवी ब्याट्सम्यान रोहित शर्मा, शिखर धवन, महेन्द्रसिंह धोनी र युवा ब्याट्सम्यान सुबमन गिल आउट भएका थिए। त्यो अवस्थासँगै न्युजिल्यान्डले सहजै खेल जित्ने अनुमान गरिए पनि युवा ब्याट्सम्यान अम्बाती रायडु र विजय शंकरले इनिङ समाल्दै पाँचौं विकेटका लागि ९८ रनको साझेदारी गरेर भारतको इनिङ समाले।

पाँचौं विकेटका रूपमा आउट हुनुअघि शंकरले ४५ रन बनाए। जेम्स निसमद्वारा रनआउट हुनुअघि शंकरले ६४ बलमा पाँच चौका हिर्काए। त्यसपछि ब्याटिङ गर्न आएका केदार जाधवले पनि रायडुलाई साथ दिँदै छैटौं विकेटका लागि ७४ रनको महत्वपूर्ण साझेदारी गरे। तर, शतक नजिक पुगेर पनि रायडु ९० रनमा आउट भए। ११३ बल खेलेका रायडुले ८ चौका र ४ छक्का प्रहार गरेका थिए।

सातौं विकेट लागि हार्दिक पाण्ड्यासँग १३ रनको साझेदारी गरेपछि जाधव ३४ रनमा आउट भएपछि भारतको इनिङ धरमराएको थियो। तर, पाण्ड्याले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ४५ रन बनाएपछि भारत राम्रो लक्ष्यतर्पm उन्मुख भयो। आठौं विकेटका रूपमा आउट भएका पाण्ड्याको इनिङमा पाँच छक्का र दुई चौका समावेश थियो। त्यसपछिका दुई ब्याट्सम्यान भने दोहोरो अंकमा रन बटुल्न नसक्दै आउट भए।

न्युजिल्यान्डको बलिङमा बोल्टले ४ तथा हेनरीले ३ र निसले १ विकेट लिए। भारतले बलिङमा पनि उत्कृष्ट साथ पाएपछि घरेलु टोलीको जित रोक्यो। भारतका बलर युजभेन्द्र चाहलले ३ तथा पाण्ड्या र मोहम्मद सामीले समान २ विकेट लिँदा घरेलु टोलीका कुनै पनि ब्याट्सम्यानले अर्धशतक छुन सकेनन्। जाधव र भुवनेश्वर कुमारले १÷१ विकेट लिँदै भारतको बलिङ पक्षलाई साथ दिए।

न्युजिल्यान्डका लागि निसमले सर्वाधिक ४४ रनको योगदान दिँदा केन विलियम्सनले ३९ रन बनाएर आउट भए। टम लाथमले ३७ रन र कोलिन मुनरोले २४ रन बनाए पनि घरेलु टोलीलाई हारबाट जोगाउन सकेनन्। उक्त खेलमा रायडु म्यान अफ दी म्याच चयन भए। भारतका बलर सामी प्लेयर अफ सिरिज घोषित भए।

प्रकाशित: २१ माघ २०७५ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App