१२ मंसिर २०८१ बुधबार
image/svg+xml
खेल

जोकोभिककाे कीर्तिमानी जित, साताैंपटक अष्ट्रेलियन ओपनकाे उपाधि

काठमाडौं - विश्व नम्बर १ नोभाक जोकोभिकले सातौंपटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन्। यो उपाधिसँगै उनी सबैभन्दा बढी पल्ट अष्ट्रेलियन ओपनको उपाधि जित्ने खेलाडी समेत बनेका छन्।

अष्ट्रेलियाको मेलवर्नस्थित रोड लाभेर ऐरेनामा सम्पन्न खेलमा सातौं पटक उपाधि आफ्नो पक्षमा पार्ने क्रममा जोकोभिकले विश्व नम्बर २ राफेल नाडाललाई सोझो सेटमा पराजित गरे। जोकोभिकले नाडाललाई ६-३ , ६-२ र ६-३ काे साेझाे सेटमा पराजित गरे।

यो सँगै उनले १५ औं पल्ट ग्रान्ड स्लामको उपाधि जितेका छन्। उनी सर्वाधिक ग्रान्ड स्लामको उपाधि जित्ने रोजर फेडेरर भन्दा ५ र नाडालभन्दा २ उपाधि पछि रहेका छन्। नाडाल र जोकोभिक आठौं पल्ट ग्रान्ड स्लामको फाइनलमा भिडेका थिए।

प्रकाशित: १३ माघ २०७५ १२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App